गणतन्त्र कसैको आशिरवाद, निगाह र हुकुमले स्थापना भएको होईन।यसका लागि हजारौं जनताका छोरोछोरीको रगत र पसिना बगेको छ।
हजारौंको कुर्बानीबाट स्थापित गणतन्त्र लिंङ्देन र प्रसाईले सडक र सञ्जालमा हल्ला गरेकै भरमा हल्लिने कुरा पनि भएन। चिहानमा पुगेको शाही सत्ता फेरि बौरिने कुरा पनि भएन। उसको प्रेत आ त्मा कहिलेकाही सलबलाउनुलाई अन्यथा मान्नु पनि हुदैन । अढाइ सय वर्षदेखिको एकल राज गुम्दा छट्पटी हुनु स्वभाविक पनि हो।
जनताको लामो संघर्ष र बलिदानको योगफलमा शाही सत्ताका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०६५ जेष्ठ २९ गते दरबार छोडेर नागार्जुनतिर बसाइँ सारे। २०६५ जेष्ठ १५ गते सार्वभौम जनताका प्रतिनिधिको विवेकपूर्ण निर्णयको परिणाम मुलुक गणतन्त्रिक भयो। लाखौं जनताको मतलाई स्विकार्दै ज्ञानेन्द्र शाहले दरबार छोडेका हुन्। सेनाका परमाधिपति समेत रहेका उनले अन्तिममा सत्ता टिकाउन बल प्रयोग गर्न पनि सक्थे।तर,उनी त्यो दुस्साहस गरिनन्। सर्लक्कै राजगद्दी त्यागे। उनको त्यो उच्च नैतिकता र त्याग थियोे ।उनको त्यो उच्च नैतिकता त्यागलाई ईतिहासले सम्मान गर्नेछ ,स्मरण गर्नेछ र गरिरहेको पनि छ।
तर,उनी यति उच्च नैतिक र त्यागको व्याज खोजिरहेका छन् ।यसले उनी भ्रष्ट नेता भन्दा अनैतिक देखिन थालेका छन् ।उनमा पलाएको सत्ताको लोभ झनै अनैतिक हो।मिश्र र शाहीहरूले उचालेकै भरमा गुमेको सत्ता फर्किन्छ भनेर र्याल चुहाउनु आफैमा फोहोरी राजनीति हो। १६ वर्षसम्म मौन ज्ञानेन्द्र उनले देखाएको त्यो उच्च नैतिकता र त्याग सबै ढलिसकेको हो रु अस्थिरताको मौकामा चौका हान्दै सत्ताको मोह देखाउनुले उनी भ्रष्ट नेता भन्दा पतित पात्र होईनन् भन्ने प्रश्न उठेको छ।
एउटा कुरा प्रष्ट छकी ,यो देश जनताले निर्माण गरेका हुन्।जनताले चाहे अनुसारको शासन व्यवस्था चल्छ।जनताबाट फेरि रैती कोही हुन चाहान्न यत्ति पनि अक्कल नपाउने ज्ञानेन्द्र शाहले देश बनाउँछ भन्नू अर्को भ्रम हो।यस्ता भ्रमले सञ्जाल र सडक एकछिन तातिएला ।तर, त्यो अराजकता मात्रै हो, यसले देश र जनताको हित गर्दैन ।
यद्यपि ज्ञानेन्द्र शाहको दरबार लोभ पलाउनुमा दलका नेता धेरै दोषि छन् । तर, गणतन्त्र दोषी छैन।व्यवस्था ठिक भए पनि व्यवस्थापक नालायक भएपछि ज्ञानेन्द्र शाहहरू सक्रिय भएका हुन्।उनीहरूमा उच्च नैतिकता र त्याग छैन। ईमानदारीता छैन, विधिसम्मत शासन गर्ने चरित्र र चित्र छैन ।
गणतान्त्रिक व्यवस्थामा झन् नैतिकता ,ईमानदारीता र त्यागको खाँचो छ र हुन्छ । उच्च नैतिकता र त्याग नहुँदा मुलुकमा बेथिति बढेको छ,बेथिति र भ्रष्टाचारले देश जर्जर भएपछि जनतामा असन्तुष्टि छ,आ क्रोश छ। जनताको असन्तुष्टि र आ क्रोशलाई बुद्धिमताकासाथ सम्बोधन गर्नुपर्ने हो। विडम्बना ,सत्ताको चरम दुरुपयोग गरेर जन आ क्रोशमा सरकारले घ्यू थपिरहेको छ। लोकतन्त्र विधिको शासन हो,नेतृत्वको विकास र पुस्तान्तरण हुन्छ।
तर, २०५१ मा प्रधानमन्त्री भएका देउवा अझै खुट्टा उचाल्दै छन् । प्रचण्ड सत्ताबाट फालिएपछि डुँडाउदै छन् । ओ ली ले आ फूलाई सम्राट् ठानिरशेका छन् ।दुनियाँ मै जान्ने ,मै सुन्ने,मै ठिकै । अरू सबै बेठीक । यस्तै यस्तै अहंकार छ। दलका अधिकांश नेता कुनै न कुनै रूपमा विवादमा छन् ।अधिकांश भ्रष्ट आचरणका कारण बदनाम छन् । यस्तो हुनुमा हाम्रो निर्वाचन प्रणालीदेखि राज्य संरचनाहरू दोषयुक्त छन् । नागरिकमा चेतना छैन। प्रष्टहरू भन्दा भ्रष्टहरू बलिया छन् ।
उनीहरूकै प्रभाव र पहुँच छ, राज्यसत्तामा ।राजनीति इमानको सेवा हो। तर, राजनीति कमाइको माध्यम बनेको छ।हर क्षेत्र राजनीतिले गाँजेको छ।सामाजिक क्षेत्रदेखि राज्यका हर अंग प्रत्यक्ष प्रभावित छ।राज्य सत्ताको पहुँचमा हुनेहरू दिनको दुगुणा र रातको चौगुणाले धनी हुँदै गएको जनताले देखिरहेको छ।
देशमा सुशासन र समृद्धिका अपेक्षा गरेको जनताले नेताको कुलीन जीवन शैली र अकुत धनको मालिक बनेको देखेपछि आ क्रोश र असन्तुष्टि पोखेको भन्ने कुराको चेत दलका नेतामा देखिएन। सवर्श्व नाङगै हुँदा पनि अर्कोलाई नाङ्गो भन्न नछोड्ने प्रवृत्तिको परिणाम हो,अहिलेको विकसित अस्थिरता र ज्ञानेन्द्र शाहको सत्ता लोभ।
यद्यपि उनलाई लिङ्देन र प्रसाईले उचाल्दैमा उनको गुमेको शाही सत्ता फर्किने त होईन।तर, बेला बेलामा असन्तुष्टिको तलाउ ढुंगा हान्न सक्छन् । अहिले भएको यत्ति हो। कसैलाई सनक चलेकै भरमा व्यवस्था उल्टिने कुरा सबै दिवासपना मात्रै हुन्।
मसानघाट कहिलेकाही भूत प्रेत जाग्छन्,त्यस्तै अहिलेको ज्ञानेन्द्र शाह र उनका अनुयायीहरूको हो हल्ला ।हल्लाले ध्वनि प्रदुषण त होला।तर, यसले गणतन्त्रको रौ पनि हल्लाउन सक्दैन ।कि ज्ञानेन्द्र शाहका अनुयायीले अबान्छित क्रियाकलाप गर्न सक्छन् ।त्यस्ता घटना रोक्नु राज्यको दायित्व हो।
शान्तिपूर्ण तरिकाले सत्ताबाट बाहिरीएपछि सरकारले पनि पूर्व राजाको रूपमा सम्मान दिएको छ,त्यो दिनुपर्छ। तर, पछिल्लो समय उनका गतिविधि निजी भन्दा पनि बढी राजनीति देखिन्छ । संविधानले गरेको व्यवस्था अनुसार सत्तामा जान उनलाई पनि ढोका खुला छ। जनताको मतबाट राष्ट्रपति भएर फेरि सत्तामा फर्कन सम्भव पनि हुन सक्छ।तर,मलाई राजा बनाउ भनेर सर्लक्कै उठाएर नारायणहिटी संग्रहालयको राजगद्दीमा बस्ने कुरा पूरै असम्भव छ।
रवीन्द्र मिश्र र ज्ञानबहादुर शाहीले दुई चार मानिस उचालेकै भरमा सत्ता पाईने वस्तु पनि होईन। यो अस्थिर फैलाएर मुलुकलाई द्वन्द्वमा फसाउने बाहेक केही होईन।
आधुनिक दुनियाँमा दास र रैती व्यवस्था सम्भव छैन र हुदैन पनि। आ जको सचेत नागरिक रैती बन्न तयार छैन र हुन्न पनि ।
संसारभर स्वतन्त्रताको वकालत तथा पैरवी भईरहेको बेलामा राजा रजौटा अस्वीकार्य छ।यस्तो असम्भव मुद्दा बोकेर हिडिरहेका मानिसहरू दास युग फर्काउन लागि परेका छन्।जुन विकासका नियमको उल्टो हो। पाँच वर्षका हरेक जनताको छोराछोरी राष्ट्रपति प्रधानमन्त्री बन्न सक्छ।जनताको मतबाट उ माथिल्लो तहमा पुग्न सक्छ ।
यति उन्नत व्यवस्थाको विकल्पमा रैती व्यवस्था खोज्नेहरू चेतनाविहिन मानिसहरू हुन्। हालका भ्रष्ट नेताको विकल्पमा बहस छेडौं,यसैमा हुनेछ देश र जनताको हित।सबैमा चेतना भया।