२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

माण्डवी गाउँपालिका ३ मा शिक्षक तथा कर्मचारीले सन्ततिलाई सरकारी विद्यालयमा पढाउनु पर्ने !


४ बैशाख २०८२, बिहिबार  


प्यूठान जिल्लाको माण्डवी गाउँपालिका वडा ३ ले सरकारी कर्मचारी र शिक्षकका सन्ततिलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ।

बिहीबारको बैठकमा वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो। वडा कार्यसमितिको बैठकले सामुदायिक विद्यालयमा सबैको समान पहुँच स्थापित गर्न यस्तो निर्णय गरिएको वडाले बताएको छ।

द्धैध चरित्रको शिक्षामा एकरूपता ल्याउनको लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष धनेन्द्र कार्कीले बताए । सरकारी विद्यालयप्रति अभिभावकको विश्वास र भरोसा अभिवृद्धिको साथै शैक्षिक गुणस्तर सुधार्न यस्तो कदम चालिएको वडाध्यक्ष कार्कीको भनाइ छ।

समाजका अगुवाहरू नै सरकारी विद्यालयको अभिभावक भएपछि सबैको विद्यालय शिक्षा सुधारमा सबैको पुग्ने वडाले विश्वास गरेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ९ : ५२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित