नेकपा (एमाले)अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको छ।
भेटवार्ताकाक्रममा पूर्व राष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पेन्ङिमा किन राखिएको भन्दै ओलीसंग प्रश्न गरेकी छिन्। विद्यालाई पार्टी नेतृत्वमा आउन ओलीले हर कोशीस गरिरहेका छन्। एमालेभित्र निरंकुश शैलीमा रहेका ओलीले पार्टी सदस्यता नै पेन्डिङमा राखेर रोक्ने कोशीस गरेका हुन्। ओलीको यो कदमपछि विद्या भण्डारी एमाले अध्यक्षलाई भेट्न च्यासल पुगेकी हुन्।

एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताहरुबीच भेटवार्ता जारी छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । एमालेको पार्टी सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीबारे एमाले पोलिटब्युरो बैठकले पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको र अहिले नै अध्यक्ष बनाएर जानसक्ने स्थिति नरहेको निष्कर्ष निकालेको थियो ।
पोलिव्यूरो बैठकले विद्या भण्डारीको सदस्यता पेन्डिङ राखेपछि उनी च्यासलमा ओलीसंग सम्वाद गर्न पुगेकी हुन्। बैठक विधान महाधिवेशन केन्द्रित भनिएपनि धेरै नेताहरुले भण्डारीको राजनीतिक सक्रियताबारे धारणा राखेका थिए । देशको गौरवको रुपमा रही सकेको व्यक्ति पुनः राजनीतिमा फर्किनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने धारणासमेत नेताहरुले बैठकमा राखेका थिए । यहही विषय र पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा दुई नेताबीच छलफल हुने बताइएको छ ।







