विश्व निकेतन माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ५ पुगेका छ। पुर्नयोग नतिजामा ४ जीपीए ल्याउने एक जना विद्यार्थी थपिएपछि निकेतनमा ४ जीपीए ल्याउनेको संख्या ५ पुगेको हो ।प्राध्यानाध्यापक हेरम्बरजा कडेलका अनुसारयस अघि प्रकाशित नतिजामा ३.९५ जिपिए ल्याएका विभव ढकालको नतिजा पुनर्योगपछि ४ जीपीए आएको हो ।

यो सँगै एसईई परीक्षामा विश्वनिकेतनबाट स्वस्तिक अधिकारी, अन्जु भुषाल, आकृति महासेठ, एन्जन थापा मगर र विभव ढकाल गरी ५ जनाले ४ जिपिए प्राप्त गरेका छन् ।सार्वजनिक विद्यालयहरुको एसईई नतिजा शून्य भैरहेका बेला विश्व निकेतनले आफ्नै इतिहास ब्रेक गरेको थियो । सबैको रोजाईको शैक्षिक संस्था बनेको विश्व निकेतन नतिजामा पनि सबै भन्दा पहिलो बनेको हो । विश्वनिकेतन देशभरका सार्वजनिक विद्यालयहरुमा सबै भन्दै बढी संख्यामा ४ जिपिए ल्याउने विद्यालय भएको छ । २०८० को माध्यमिक शिक्षा परीक्षा(एसईई)मा धेरे विद्यार्थी उत्तीर्ण गराएर अब्बल विद्यालय बनेको हो,विश्व निकेतन माध्यमिक विद्यालय । विश्व निकेतन माध्यमिक विद्यालयको शैक्षिक वातावरणकै कारण अब्बल भएको अभिवभावकहरु बताउँछन्।सरकारी विद्यालयका गुणस्तर सुधार भएपछि सरकारी विद्यालयमा अध्ययन गर्नेहरुको हरेक वर्ष चाप बढ्दो छ। सरकारले थप लगानी गर्न सके सरकारी विद्यालयहरुसंग निजी विद्यालयले प्रतिस्पर्धा गर्न नसक्ने शिक्षा विज्ञको दाबी छ।
