११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

श्रीमान् कुमार रेग्मीको प्रश्न, ‘ठप्प भएर मुलुक चल्छ ?’


१३ कार्तिक २०८२, बुधबार  


प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।

इजलासमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने रु भनेर बहसकर्तालाई प्रश्न गरेका छन् ।

‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने रु पर्ने भए के के विषयमा अन्तरिम आदेश दिने रु’ भन्ने प्रश्न उठेको छ ।

न्यायाधीश कुमार रेग्मीले भनेका छन्, ‘अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने रु त्यसो हो भने सबै ठप्प हुने भो । ठप्प भएर मुलुक चल्छ रु’

न्यायाधीश सपना प्रधान मल्लले ईजलासबाट सोधिन, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने रु पर्ने भए के के विषयमा अन्तरिम आदेश दिने रु’

अरू न्यायाधीकै पनि यही प्रश्न रहेका छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  १२ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित