केही दिन अघिको कुरा हो, एकजना पूर्व प्रधानमन्त्रीले भनेका थिए की, ‘नेताहरूसंग एकाध करोड हुन्छ नै, यो सामान्य कुरा हो। मैले पनि धेरै साथीहरूलाई आठ दस लाख देको छु । पार्टी भित्र पनि के कसो होला भनेर । ‘
कति सजिलोसँगै अकुत द्रव्यको विषयमा जवाफ दिने पूर्व प्रधानमन्त्री थिए ,पुष्पकमल दाहाल प्रचण्ड । जनयुद्धको सुप्रिम कमान्डर बनेर देशमा गणतन्त्र ल्याएका व्यक्ति हुन्, उनी ।जनयुद्ध शुरू गर्दाको समयमा हिजोको ३५ सारथि जुटाएका थिए। ती मध्य धेरैलाई अलपत्र पारेर १२ भाइ बामहरू जोडेर टालाटुली बाटुलीबाट नेपाली कम्युनिस्ट पार्टी बनाएका उनको अभिव्यक्तिले भने नेताहरूको द्रव्य मोहलाई सुस्पष्टढंगले छ्याङ्गै पारिदिएको छ।
उनै प्रचण्डको खुमलटार दरबारमा गएको भदौ २४ गते तोडफोड र आगजनी भएको थियोे । आगजनीमा पैसाका बीटा जलेका थियोे ।जुन कुरा सम्पत्ति शुद्धीकरण विभागको फरेन्सिक ल्याबबाट पनि पुष्टि भएको छ।
यही विषयमा गएको असोजमा सिंगापुर उपचारमा जानू अघि कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ दरबारमा जलेको पैसा एआइबाट बनाएर भ्रम छरिएको दाबी गरेका थिए। त्यस्तै अर्का कुबेर पूर्व मन्त्री दीपक खड्काले दशैका लागि राखिएका फुटकर पैसा थिए, अलि अलि पैसा त हुन्छ नि। मेरो पृष्ठभूमि पनि पैसावाल हो भनेका थिए।
यता एमाले अध्यक्ष केपी ओलीले पुस्तक र पुरस्कार अनि करोडौका कोसेली जलाइएकोमा रोनाधोना गरेका थिए। यद्यपि बाल्कोटमा द्रव्य जलेको खुलेको छैन । लाखौंको घडी , जुत्ता र चश्मका पारखी ओलीमाथि विदेशमा लगानी गरेको आरोप छ। नेताहरुले सङ्घीय लोकतन्त्रिक गणतन्त्र स्थापना गर्नका लागि लडे भन्दैमा अकुत सम्पत्ति र भ्रष्टचार गर भनेर छुट दिएको पक्कै होइन, दिनु पनि हुदैँन ।
प्रचण्ड र उनका छोरीहरूको घरमा करोडौ पैसा जले, ती पैसाहरुको स्रोत के हो ? कहाँबाट आउछँ त्यत्रो रुपैयाँ ? किन कसैले उनीहरुलाई लगानी गरिरहेको छ ? सर्वहारा जनताको नेता किन यसरी पैसाको लालसामा बिकेका छन ?
उता शेर बहादुर देउवाको निवासको हालत त्यस्तै छ, दिपक खड्काको हालत पनि उस्तै देखियो ! देउवाले लाइभमा उडेको पैसाको सन्दर्भमा फेक भिडियो भनेर जग हसाएका थिए । जबकि देउवाको घरमा भेटिएको जलेको पैसाबारे सम्पत्ति शुद्धिकरणले छानबिन गरेको विषयमा सामान्य लिन सकिदैन ।
यी नेतासँग जनताले जवाफ मागिरहेका छन्। जनताको सेवाको लागि राजनीति गरेको भन्नेहरूको असलियत जेनजी विद्रोहले खुलस्त देखाइदियो । लोकतन्त्रमा नेता आदर्श हुनुपर्छ । पारदर्शी र सादगी हुनुपर्छ ।
विडम्बना,नेताका घरमा एकाध करोड हुनु सामन्य हो भन्नुले उनीहरू कति धेरै द्रव्यको दलदलमा फसेका छन् भन्ने कुरा उनकै मुखबाट सुन्न र हेर्न जनता विवश छन् । नेताहरूको यो कुकृत्यलाई ढाकछोप गर्न दास,नोकर र कामरोहरूले जन्मदेखिको बल लगाइरहेका छन् ।
नैतिकता र पदीय हिसाबले डुङडुङ गन्हाउने भैसक्दा पनि त्यसलाई हरर बासना र सुगन्ध छायो भन्ने निरीह कार्यकर्ताको झुटको टालोले अब जतिसुकै छोपेपनि जनताले एक एक हिसाब मागेका छन् । राजनीतिको नाममा यसरी लोकतन्त्रमा कुबेर बनेकाहरूको अकुत धनको श्रोत र उदेश्य जनतालाई स्पष्ट रूपमा नबताएमा अबका दिनमा राजनीतिबाट च्युत कसो नहोलान् र रु








