पार्टी निर्माणको एक सूत्रधार हुन्,विपीन आचार्य। इण्डोरमा बसेर अवस्था बदल्न र व्यवस्थाको प्रवर्द्धन गर्नका लागि नयाँ राजनीतिक शक्ति निर्माण गरेर अघि बढ्न हिडेका हुन्,रास्वपा सहमहामन्त्री विपीनकुमार आचार्य।
व्यवस्थापन र ईन्जिनियरिङ विधामा स्नातकोत्तर उत्तीर्ण आचार्य नेता बन्न होईन, उदाहरण बन्न चाहान्छन् । बोल्न भन्दा सुन्नमा बढी रुचि राख्ने उनी यतिबेला दाङको निर्वाचन क्षेत्र नम्बर २ को लागि रास्वपाबाट प्रत्यक्ष तर्फको उम्मेदवार बनेका छन् ।
द लिडर नामक एक टेलिभिजन कार्यक्रमको क्रियटर समेत रहेका आचार्य घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्दसूचि तर्फकाे १ नम्बर मा रहेका उनी नाम फिर्ता लिएर प्रत्यक्ष तर्फको निर्वाचनमा होमिएका हुन्।
उनी भन्छन्, ‘म पर्दाभित्र बसेर भन्दा पनि जनताको घरदैलोमा पुगेर प्रत्यक्षरूपमा परीक्षण हुन यतिबेला दाङ २ मा छु। मलाई नेता बन्नु छैन, उदाहरण बन्नु छ , भाषण गर्न होइन, जनताको भावना र भाषा बुझ्नु छ ।’
व्यवस्थाको सुदृढ गर्न अवस्था बदल्न निस्किएको बताउँदै रास्वपा सहमहामन्त्री आचार्य भन्छन् , ठूला सपना होइन, तर,जनतालाई अनुभुति हुने खालको काम गर्न प्रतिवद्ध छु, जनतालाई भाषण सुनाउन होईन,जनताको भाषा सुन्न सदैव लालायित छु ।’
तथ्य र तथ्यांकमा याेजना बनाउने आचार्य सधैं वेथितिकाे विरूद्धमा उभिदै आ एका छन् । राजनीतिलाई जनसेवा ठान्ने उनी जनताको हरेक प्रश्नको जवाफ दिनुपर्ने बताउँछन् । प्रश्नले लाेकतन्त्रकाे सुदृढीकरण गर्ने भएकोले जनताको हरेक प्रश्न सुन्न र बाेध गर्न सबै दलको नेतामा धैर्यता चाहिने उनको भनाइ छ।
उनी भन्छन् , ‘पार्टी भित्रको आन्तरिक बेथिति होस वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ। देशले विश्वास गर्ने फेस बन्न जरुरी हुन्छ। ब्याकफुटको लडाई लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन् । त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने हो , समानुपातिक तर्फको बन्दसूचीको एक नम्बरमा रहेको नाम फिर्ता लिएर गृहजिल्ला दाङका लागि चुनावी मैदानमा झरेको छु।’
रास्वपाका प्रभावशाली नेताको रूपमा चिनिने विपिनसंग दाङ बनाउने स्पष्ट खाका छ। तथ्य र तथ्यांकमा टेकेर योजना बनाउन र त्यसलाई परिणाममा बदल्न उनी काबिल मानिन्छन् ।
नेता भन्दा पनि असल सेवक भनेर चिनाउन रूचाउने आचार्य भन्छन् ‘जनतालाई भाषणको नाममा उपदेश दिन होइन, जनताको आदेशमा उम्मेदवारहरूले काम गर्नुपर्छ । जनताको आदेश अनुसार काम गर्नका लागि म जनताबाटै अनुमोदित हुन दाङ २ को उम्मेदवार भएको हुँ । ‘जनतासंगको भेटमा आफूले पाएको अपारमायाले निकै उत्साहित बनाएको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सुत्रधारको रूपमा चिनिने विपीन रवि लामिछानेलाई पर्दा पछि बसेर त्यो हाइटमा पुराएका नेता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जे जति लहर चलेको छ। त्यसको ठूलो क्रेडिट उनीमा जान्छ।उनै आचार्य यतिबेला दाङ क्षेत्र नम्बर २ का मतदाताको भावना सुन्न र त्यही अनुसार दाङको विकास योजनाको ड्राफ्ट बनाउन व्यस्त छन् ।








