फागुन २१ को निर्वाचनमा प्युठानमा कांग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने पाइएको छ।
कांग्रेसले डाक्टर गोविन्द पोखरेललाई अघि सारेको छ, भने रास्वपाले सुशान्त वैदिकलाई उम्मेदवार बनाएको छ। एमालेले यसपटक पनि सूर्य थापालाई चुनावी मैदानमा उतारेको छ।
पाँच सय जना मतदातासंग गरिएको साक्षातमा योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेल र अर्थविद् सुशान्त वैदिकबीच कडा प्रतिस्पर्धा हुनेमा धेरैको मत छ ।
प्राप्त मत अनुसार ७४ प्रतिशतले डाक्टर पोखरेल र सुशान्तबीच कडा प्रतिस्पर्धा हुने दाबी गरेका छन्। कांग्रेस र रास्वपाबीचको जीत हार झिनो मतले हुने दाबी उनीहरूको छ। गगनले कांग्रेस रिभाइभ गरेपछि प्युठानमा कांग्रेस बलियो भएको उनीहरूको मत छ।
रास्वपाले अघि सारेका उम्मेदवार वैदिक युवा नेता, नयाँ फ्रेस र योजना दिन सक्ने भएकोले उनीप्रतिको रूझान ज्यादा भएको उनीहरू बताउँछन् । बालेनले प्युठानको कार्यक्रम सम्बोधन गर्ने हो भने वैदिकले जित्नेमा द्विविधा नहुने पनि उनीहरूले बताए।
डाक्टर पोखरेल पाका र बौद्धिक नेता भएकोले पनि जित्ने सम्भावनाको पहिलो रिङमा परेको मतदाताको भनाइ छ। तेस्रोको लागि एमालेका सूर्य थापा र नेकपाका नेता, कृष्णध्ज खड्काबीच प्रतिस्पर्धा हुने उनीहरू बताउँछन् ।
तर,११ प्रतिशत मतदाताले एमालेका सूर्य थापाले बाजि मार्ने बताउँछन् । खरो र स्पष्ट बक्ता भएको उनीहरूको दाबी छ। प्रतिस्पर्धा कांग्रेसका डा पोखरेलसंग हुने बताउँछन् ।
यता ७ प्रतिशतले प्रतिस्पर्धा हुनेमा नेकपा कृष्णध्वज खड्का र कांग्रेसका डाक्टर गोविन्द पोखरेलबीच हुने बताउँछन् । सूर्य थापा तेस्रो स्थानमा आउने उनीहरूको आँकलन छ।
उता,२ प्रतिशतले राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जीसीले बाजि मार्ने बताउँछन् ।राजमोको प्रतिस्पर्धा एमालेका सूर्य थापासंग हुने उनीहरूको मत छ।
६ प्रतिशत मतदाताले अहिल्यै ठम्याउन नसक्ने बताउँछन् । मतदाताको रूझान अहिले सबैभन्दा बढी रास्वपामा देखिएपनि निर्वाचन नजिकिदै जाँदा बदलिन सक्ने उनीहरूको प्रतिक्रिया छ। यो विश्लेषण हालको मतदाता रूझानलाई हेरेर गरिएको हो। फागुन २१ सम्म चुनावी माहोल कता ढल्किल्छ, तिनै उम्मेदवारले बाजि मार्नेछन्।








