६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

१३ चैतमा प्रधानमन्त्रीमा बालेन्द्र साहकाे सपथ !


५ चैत्र २०८२, बिहिबार  


राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानशमन्त्री पदको सपथको मिति तय भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको बिहीबार भएको छलफलले प्रधानमन्त्रीमा साहले शपथ लिने मिति तय गरेको हो ।

रास्वपा उपसभापति वाग्लेका अनुसार १३ चैत मा साहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुने उपसभापति वाग्लेले बताएका हुन्। ।

वाग्लेले पार्टीका चार नेताबीच ुराजकाजुका सम्बन्धमा छलफल भएको यसअघि नै जानकारी दिएका थिए ।

सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा साहले चैत १३ गते शपथ लिने तय भएको हो ।

रास्वपाका शीर्ष नेताहरूको छलफलमा १३ चैत मा नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ८ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित