१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

आज काेजाग्रत पूर्णिमा


३० आश्विन २०८१, बुधबार  


आज काेजाग्रत पूर्णीमा । दुर्गा भवानीकाे पूजा आरधना गरेर मनाईने बडा दशै विधिवत् रूपमा आजदेखि अन्त्य हुन्छ । आज रात्रिमा जाग्राम बसेपछि आजदेखि दशै समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिकाे आज साँझ देवीकाे पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैं पर्व समापन हुन्छ । 

दशैमा मान्यजनकाे हातबाट टीका थाप्ने गरिन्छ। परदेश रहेकाहरूलाई टीका लगाउन विजयादशमीकाे पछि पनि शुभसाईत मानिन्छ । विजयादशमीकाे पाँच दिनसम्म टीका लगाउने प्रचलन छ। विजयादशमीदेखि पूर्णीमाकाे तिथिसम्म टीका लगाउने चलन गरिएको हाे।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् । 

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ४ : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित