११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सरकारी जग्गामा बनेका अवैध संरचनामाथि डोजर चलाउन मन्त्री घिसिङको निर्देशन !


११ कार्तिक २०८२, सोमबार  


राजनीतिक शक्ति र पहुँचका आधारमा सार्वजनिक जग्गा अतिक्रमण गरेका विरुद्धमा सरकार जाने भएको छ । सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका संरचना सरकारले डोजर चलाउने भएको हो ।

सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारी जग्गामा बनेका अवैध संरचनामाथि डोजर चलाउन काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री घिसिङलाई भेट्न उपत्यका विकास प्राधिकरणको टिम आइतबार मन्त्रालयमा पुगेको थियो । यसक्रममा सबैभन्दा धेरै सरकारी जग्गा मिच्ने नेतादेखि व्यापारीसम्मको लिस्ट उनीहरुले मन्त्री घिसिङलाई बुझाएका छन् ।


काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार काठमाडौं जिल्लामा मात्रै १ लाख रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमण भएको छ । प्राधिकरणका अनृुसार यसरी जग्गा अतिक्रमित गर्नेहरुमा पहुँचवाला र शक्तिशाली मान्छेहरु रहेका छन् । १ लाख रोपनी अतिक्रमित जग्गामध्ये सुकुम्बासी बस्तीले ७ सय रोपनी मात्रै ओगटेको पाइएको छ ।


नेपाल प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालदेखि भिभोर होटल, हरिभक्तलाल श्रेष्ठ, अमर आदर्श स्कूल, विजय सम्बाहाम्फेको लोयल्टी एकेडेमी र नेपाली कांग्रेसका शीर्ष नेताहरुले समेत सरकारी जग्गा हडपेको पाइएको हो ।
आइतबार प्राधिकरणको टिमले मन्त्रीज्यूलाई भेटेको थियो ।

यस क्रममा सरकारी जग्गा अतिक्रमण गर्ने १८र२० जना ठूला भू–माफियाहरुको नाममा हामीले मन्त्रीज्यूलाई दिएका छौं । मन्त्रीज्यूले सरकारी जग्गामा बनेका सबै अवैध संरचनामा डोजर चलाउन निर्देशन दिनुएको प्राधिकरण ले बताएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, सोमबार  १० : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित