४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

निजी बैकको “मुलघर” बन्दै ग्लोबल आइएमई बैंक


२ श्रावण २०८१, बुधबार  


गएको आर्थिक वर्षको असार मसान्तसम्म ग्लोबल आइएमइ बैकको निक्षेप ५ सय अर्ब पुग्यो,जुन निजी बैकहरुको कुल निक्षेपमा झण्डै ९ प्रतिशत हो । नेपाल राष्ट बैकले पछिल्लो समय प्रकाशित गरेको विवरण अनुसार ५६ खर्ब ७४ अर्ब निक्षेप रहेकोमा ग्लोबल आइएमइको मात्रै ५ खर्ब १ अर्ब पुगेको हो । बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकको बढ्दो विश्वासका कारण बैकले उपलब्धि हासिल गरेको बताउँछन्, अर्थविद् डाक्टर रमेशकुमार भण्डारी । डाक्टर भण्डारी भन्छन्,”निजी बैकहरुमा ग्लोबल आइएमई बैंकको निक्षेपका साथसाथै अन्य धेरै सूचकहरूमा पनि सकारात्मक देखिन्छन्। नेपालको बैंकिङ क्षेत्रमा ग्लोबल आइएमइ बैकको बढ्दो विस्तार र गतिशीलताले नै उपलब्धि हासिल भएको देखिन्छ । “

बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको हो। ग्लोबल आइएमइ बैक स्थापना भएको १७ वर्षमा यस बैक निजी बैकहरुको मुल घर बन्दै गएको छ। प्रारम्भमा ग्लोबलबाट प्रारम्भ भएको यस बैक यतिबेला ग्लोबल आइएमइ बैक भएको छ। सन २०१२ मा वित्तीय संस्था आइएमइ र लर्ड बुद्ध फाइनान्स लिमिटेड गाभिएका थिए । दुबै संस्था ‘ग’वर्गका वित्त कम्पनी थिए । यीनीहरु ग्लोबलमा गाभिएर ग्लोबल आइएमइ बैंक लिमिटेड भएको थियो । त्यसैगरी सन २०१३ मा सामाजिक विकास बैक र गुल्मी विकास बैक , सन २०१४ मा कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल लिमिटेडसंग मर्ज भयो, जुन अर्को ‘क’ वर्गको वाणिज्य बैंक हो । सन २०१५ र सन २०१६मा प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेड र रिलायबल डेभलपमेन्ट बैंक लिमिटेड, यी दुबै ‘ख’ वर्गका विकास बैंकहरू हुन् ।


सन २०१९ र सन २०२० मा ग्लोबल आइएमइ बैकसंग हाथवे फाइनान्स लिमिटेड र जनता बैक लिमिटेडसंग मर्ज भयो। हाथवे फाइनान्स ‘ग’ वर्गको र जनता विकास ‘क’ वर्गको बैक थियो । यसैगरी गएको वर्ष वा सन २०२३मा ग्लोबल आइएमइ बैकसंग बैक अफ काठमाण्डू मर्ज भयो। राष्ट बैकबाट ‘क’ वर्गको मान्यता प्राप्त उक्त बैक ग्लोबल आइएमइमा मर्ज भएपछि यस बैक देशकै ठूलो निजी बैक बनेको हो । ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना २०६३ मा भएको हो ।
ग्लोबल आईएमई बैंक वित्तीय सूचकका आधारमा पनि सबै सूचकमा अब्बल रहेको छ । मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म वित्तीय सेवा पुर्‍याउने गरी अघि बढिरहेको ग्लोबल आईएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ ।ग्लोबल आईएमई बैंक लिमिटेडले २०१२ देखि २०२३ को बीचमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको मर्जर र अधिग्रहण गरेको छ ।बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले नेपाल तथा विदेशमा रहेका शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग ईकाई तथा वैदेशिक सम्पर्क कार्यालयहरुको संजाल विस्तार गर्दै आएको छ ।


बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्। नेपालमा एक क वर्गको वाणिज्य बैंकको रूपमा १ अर्ब बढीको चुक्ता पूँजीको साथ स्थापना भएको थियो। बैंकको शेयर नेपाल स्टक एक्सचेन्जमा ‘क’ श्रेणीको कम्पनीको रुपमा सार्वजनिक रुपमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ०५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित