२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

देशभर मुसलधारे झरी,झापामा सबैभन्दा बढी पानी पर्याे,उपत्यका डुबानमा !


११ आश्विन २०८१, शुक्रबार  


बिहीबारदेखिकाे अविरल वर्षा शुक्रबारदेखि पनि उत्तिकै जारी छ। गएको पछिल्लो २४ घण्टाकाे अवधिमा सबैभन्दा बढी पानी झापामा परेको छ।

झापामा २९५ मिलिमटर वर्षा भएको छ भने मोरङमा १९०, काठमाडौंमा ५७ मिलिमिटरदेखि माथि वर्षा भएको छ । काठमाडौकाे वर्षात बिहानकाे भन्दा दिउँसो क्रमश बढ्दै गएको छ।

काठमाडौमा २०० मिलिमिटरसम्म पानी परेमा उपत्यका पूर्णरूपमा डुबान पर्नेछ ।नदी तटिय क्षेत्रमा पानी पसिसकेकाे छ।नदी अतिक्रमण गरेर संरचना बनाईएका कारण डुबानको खतरा बढेको हाे।

वर्षा बढ्दै गएपछि उपत्यका डुबानकाे खतरा देखिएकाे जलवायु विज्ञ धर्म उप्रेती बताउँछन्, उनी सामाजिक सञ्जालमा लेख्छन् ।” यो वर्षा निरन्तर उकालो लाग्दै गर्दा काठमाडौंका डुवान हुने क्षेत्रमा अब सावधानी अपनाउनु पर्ने स्थिति आउदै छ । पानी पार्ने बादल पश्चिम सर्दै गएकोले पानी अझै थपिन्छ।जसले विपत्ति निम्त्याउन सक्छ,नदी तटिय क्षेत्रमा सावधानी अपनाउन जरुरी छ।”
याे खबर सामग्री तयार पार्दासम्म कुनै त्यस्तो क्षति भएको छैन।तर,झरि नराेकिएकाे बाढी पहिरो र डुबानको उच्च जाेखिम बढेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ०८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित