११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

दाङ ३ मा कमलको ‘बबाल चुनावी रफ्तार’, ‘टेस्टेड प्रतिस्पर्धी’विरू्द्ध शानदार जीतको रेसमा !


१३ माघ २०८२, सोमबार  


कमल सुवेदी यतिबेला जित निकाल्ने रफ्तारमा छन् । दाङ ३, प्रतिनिधि सभा सदस्यका लागि रास्वपाको तर्फबाट उम्मेदवारी दिएको उनले जित सुनिश्चित गर्न बबाल प्रभाव विस्तार गरेका हुन्।

भ्रष्टाचार र कुशासनले आजित मतदातासंग उनको भेटघाट तीब्र छ। डेलिभरी र सुशासनको लागि दाङ ३ मा उम्मेदवारी दिएको उनी बताउँछन् । पुराना र टेस्टेडहरू चुनावी मैदानमा भएकोले पनि दाङ ३ मा जीत निकाल्न सहज भएको उनको दाबी छ।

कमल एक अनुभवी, बौद्धिक र नीतिगत स्पष्टता भएका युवा नेता हुन् । उनै बौद्धिक युवा नेता सुवेदीलाई रास्वपाले दाङ ३ को चुनावी मैदानमा उतारेको छ। राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम नभई नीति र डेलिभरी को थलो मान्ने सुवेदी रास्वपाका केन्द्रीय प्रशिक्षण विभाग सचिव समेत हुन्।


दाङको माटोमा जन्मिएका , हुर्केका र समाज र परिवेशलाई गहिरो गरि बुझेका सुवेदी एक शालीन ,सौम्य र सरल नेताको रूपमा चिनिन्छन् ।दाङ दङ्गीशरण–४, मौलीमा जन्मिएका सुवेदी विष्णुदेवी सुवेदी र कृष्ण प्रसाद उपाध्यायका सुपुत्र तथा दामोदर सुवेदीका नाती हुन्।

कमल राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक नेता हुन्।
सुवेदीले २०६० सालमा दाङको हेकुलीस्थित वीरेन्द्र माध्यामिक विद्यालयबाट एसएलसी र २०७० मा त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट स्नातकोत्तर तह उत्तीर्ण गरे । उनै उम्मेदवार सुवेदीले डिप्लोमा एन डेभलपमेन्ट लिडरशीप, सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालय, क्यानडा २०७५ गरेका छन् ।
शिक्षा , प्रशासन र विकासको त्रिवेणी ज्ञानले उनलाई एक नीति विशेषज्ञको रूपमा स्थापित गरेको छ।


दुई दशक लामो सामाजिक र व्यावसायिक यात्राका क्रममा उनले देश र विदेशमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। यसैगरी उनले अन्तर्राष्ट्रिय छवि पनि बनाएका छन् । सुवेदी ग्लोबल ह्युम्यानिटेरियन एड क्यानडाको बोर्ड सदस्य र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी को निर्देशक पनि भए ।


राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नियोनको ० संस्थापक केन्द्रीय अध्यक्ष समेत हुन्।पश्चिम दाङमा सञ्चारको पहुँच पुर्‍याउन सामुदायिक रेडियो हापुरेुको संस्थापक भएर काम गरे।

अमेरिका, क्यानडा, जापान र युरोपसहित २५ भन्दा बढी देशको अध्ययन भ्रमण गरी विश्व विकासको मोडललाई नजिकबाट बुझेका युवा नेता हुन् सुवेदी ।
प्रमुख राजनीतिक एवं नीतिगत योगदान
युवा मुद्दा सवालमा उनको महत्त्वपूर्ण योगदान रह्यो। सरकारसँगको सहकार्यमा राष्ट्रिय युवा परिषद् गठनको नीतिगत नेतृत्व पनि उनले गरे।

भ्रष्टाचार विरुद्धको अभियानस् गुड गभर्नेन्स प्रोटेक्सन फोरममार्फत सुशासनको वकालत गर्दै अघि बढेका सुवेदीको पार्टी निर्माणमा पनि उत्तिकै योगदान छ।

रास्वपाको विचार, प्रशिक्षण पाठ्यक्रम र नीति निर्माणमा उनी मुख्य योजनाकारको भूमिकामा रहे। उनी विपद्को सारथि भएर पनि काम गरे। २०७२ को महाभूकम्प र संकटको समयमा आवास निर्माण र मनोसामाजिक परामर्शमा उनी सक्रिय थिए ।

गएको २०७९ को निर्वाचनमा उनले यही दाङ ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडे। त्यतिबेला भर्खरै उदाएको रास्वपाको तर्फबाट उम्मेदवार बनेका उनले पहिलो प्रयासमै १५ हजार ३२६ मत प्राप्त गरेका थिए । सुवेदीले दाङमा वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाको बलियो जग बसालेका थिए। यसपटक उनी सुशासन, डेलिभरी र स्वदेशमै युवालाई अवसर भन्ने मुख्य संकल्पका साथ मैदानमा छन्।

उनका प्रतिस्पर्धामा कांग्रेस नेता दीपक गिरी,एमालेका घनश्याम पाण्डे र नेकपाका धनबहादुर मास्की छन् । पुराना दलहरूले भ्रष्टाचार र कुशासनको दलदलमा देशलाई चुर्लुम्म डुबाएकाले यस पटक नयाँ शक्ति प्रति आकर्षण बढेको देखिन्छ । भदौको नरसंहारपछि पुराना दलप्रतिको रूझान खस्किएको बेला रास्वपाले यश क्षेत्रमा कमल सुवेदीलाई चुनावी मैदानमा उतारेको हो । १लाख ४० हजार बढी मत भएको यश क्षेत्रमा धेरै पटक परीक्षण भैसकेका अनुहारहरूसंग कमल सुवेदीले भिडन्त गर्न लागेका हुन्।

प्रकाशित मिति : १३ माघ २०८२, सोमबार  ६ : १९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित