२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

काभ्रेको पनौतिमा भीषण वर्षा,एक जना महिला बेपत्ता !


२९ बैशाख २०८२, सोमबार  


सोमबार काभ्रेको पनौतीमा भीषण वर्षा भएको छ। वर्षातका कारण आएको बाढीमा परी एकजना महिला समेत बेपत्ता भएकी छन् ।


वर्षाले पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठुलो क्षति पुगेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।


कुलोले बगाउँदा पनौती नगरपालिका–५ सुब्बा गाउँकी एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।


गएको असोज महिनाको ११ गते आएको बाढीपछि निर्माण गरिएको ३ किलोमिटर अस्थायी बाटो पनि बाढीले बगाएको छ । आलुखेती डुबानमा परेको छ । वर्षापछि रोशी खोलामा पुनः बाढी आएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित