२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

अर्गानिक खाद्यान्न बिक्री गर्दै ‘स्थानीय उत्पादन घर’


२५ भाद्र २०८१, मंगलबार  


अर्गानिक खाना ,स्वस्थ जीवन, त्यसकाे लागि विषादीरहित रैथाने खाद्यान्न भन्ने उदेश्यका स्थानीय उत्पादन घर सञ्चालनमा छ।

प्राकृतिक तथा प्राङ्गारिक खाद्यान्नकाे बिक्री कलंकीस्थिति एलआरआइ स्कुल नजिकै खुलेको हाे। जहाँ सुपथ मूल्यमा रैथाने स्वाद र शुद्धता भएका खाद्यान्नकाे बिक्रीवितरण गरिदै आएकाे सञ्चालक सुनिता ढकालले बताईन्।


उनी भन्छिन्, “हामीले लुम्बिनी प्रदेशका राेल्पा र रूकुमका गाउँमा उत्पादन भएका यस्ता खाद्यान्न तथा दलहन संकलन गरेर बिक्री गरिरहेका छाै, यी खाद्यान्न उत्पादनमा कुनै विषादी र रासायनिक मल प्रयाेग नगरिएकोले उपभाेगका लागि निकै स्वस्थकर छन्।”

प्राकृतिक र प्राङ्गारिक खाद्यान्न मानव स्वास्थ्यका लागि निकै हितकर भएको जनस्वास्थ्यविद् डाक्टर अरूणा उप्रेती बताउँछिन् । उनी भन्छिन् ,”रासायनिक मल र विषादी प्रयोग गरिएको खाद्यान्न उपभाेगले मानव स्वास्थ्य बिग्रिएकाे छ।अर्गानिक खानाले शरीर र मस्तिष्क पनि तन्दुरुस्त र स्वस्थ हुन्छ।त्यसैले अर्गानिक खाद्यान्न मानव स्वास्थ्यका लागि निकै हितकर छन् , त्यता तर्फ हाम्रो आहार व्यवहार बदलिनु पर्छ।”

हाे, पक्कै पनि आधुनिकीकरणका नाममा विषादीको अत्यधिक प्रयाेग हुने गरेको छ। जसबाट उत्पादन धेरै भए पनि मानव स्वास्थ्यका लागि त्यस्ता उत्पादन हितकर छैनन्।यसर्थ यस्ता खाद्यान्नकाे विकल्पमा अर्गानिक खानामा जाेड दिनुपर्नेमा जनस्वास्थ्यविद्हरू सुझाउछन्।
त्यही उदेश्यका साथ कलंकीमा पनि स्थानीय उत्पादन घर सञ्चालनमा आएकाे हाे ।

स्थानीय उत्पादन घरमा सीमीकाे दाल, भटमास चना, हरियो केराउ, घिउसिमी, खाद्यान्नमा मकै गहु कोदो र फापरको च्याखला तथा पिठो पाईन्छ भने भिर महुरीको मह र फूल माहुरीको मह, टिमूर, भाङ्गो , ओखरको घाँजी, सिस्नोको धुलो, बेसार पोषणयुक्त सातु, गुल्मीकाे गुड, दाङको चना तथा मसुरो मुङ्गेडा तथा कपिलवस्तुको अनदी र कालानमक चामल लगायत अन्य थुप्रै रैथाने खाद्यान्नहरू बिक्री हुँदै आएकाे छ।

उपभोक्तालाई सहज र सर्वसुलभ सेवा दिन स्थानीय उत्पादन घरले अनलाइन तथा अफलाईन माध्यमबाट उपलब्ध गराउँदै आएकाे पनि सञ्चालक सुनिता ढकालले जानकारी दिईन्।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : २७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित