केही दिन अघिको मिति हो, युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारिएको थियो । अमेरिका र युरोपको उक्साहटमा रुससंग गएको चार वर्षदेखि युद्ध लडिरहेको छ, युक्रेन ।
सन २०२२ फेब्रुअरीदेखि युक्रेनमाथि रुसको सैन्य कारबाही जारी छ । त्यो युद्धको अन्त्य गर्न भन्दै ट्रम्प प्रशासनले २८ बुँदे शान्ति योजना अघि सारेको थियो । युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको भन्दै विरोध पनि भएको थियो । त्यसपछि भने अमेरिकी र युक्रेनी अधिकारीले हालै जेनेभामा छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेका हुन् ।
रुससंगको शान्ति योजनाले लामो रुस युक्रेन युद्धको अन्त्य हुने अपेक्षा गरिएका छ । युद्धमा युक्रेनले पाएन, केही । बरु उसले सार्वभौमिकता गुमायो । स्वातन्त्रता र स्वाधीता पनि लिलाम ग¥यो । रुससंग अब युद्ध लडेर पनि जित्न सक्ने कुनै आधार छैन । शुरुमा तत्कालीन बाइडेन प्रशासनले हतियार र डलर दियो ।
ट्रम्प सत्तामा आएपछि शान्ति वार्ताको नाममा अमेरिकाले सबै सहयोग रोक्का ग¥यो । ट्रम्पद्वारा प्रस्तावित शान्ति योजनामा उसले आफ्नो बीस प्रतिशत भूमि रुसलाई बुझाउने छ, भने सैन्य संख्या घटाइनेछ । नेटोमा अब कहिल्यै सहभागी हुन पाउने छैन । शक्ति राष्ट्रहरुको शक्ति प्रदर्शनको प्रयोगशाला बनेको युक्रेनमा लाखौ युक्रेनीहरु मारिए । मुलुकभित्रको भौतिक विध्वंसको कुनै लेखाजोखा छैन । तर, पनि युद्ध जितिनै कुनै संकेत छैन । हिजोको सहयोगी राष्ट्र अमेरिका पनि रुससंग सम्बन्ध बढाएर आफ्नो सुरक्षा गर्न चाहान्छ भने युक्रेनका दुर्लभ खनिजमा उसले आँखा लगाएको छ। शान्ति योजनामा युक्रेन सहमत हुनुको विकल्प छैन ।
रुससंग लड्न युरोप साथ दिएर पनि सम्भव छैन । युक्रेनमा अब जेलेन्सीको शासन अन्त्य गरिनेछ । उनी सत्ताबाट फालिने मात्रै छैनन्। उनीमाथि युद्ध अपराधका थुप्रै मुद्दा लगाएर जेलमै सडाइनेछ । अमेरिका रुसको कठपुतली सरकार बनाइनेछ । त्यस सरकारलाई रुसले एक सय अर्ब डलर पुर्ननिर्माणको लागि उपलब्ध गराउनेछ ।
शान्ति योजनामा अमेरकी र युक्रेनी अधिकारीबीच सहमति भएपनि युद्ध अझै रोकिएको छैन । रुसले अझै पनि किभमाथि आक्रमण गरिरहेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भूमि दिने विषयमा अड्को थापेका छन् । रुसबाट अतिक्रमित भूमि फिर्ता गर्न नसकिने बताएपछि रुसी आक्रमण बढाइएको हो । यद्यपि जेलेन्स्की मारिएपनि अमेरिका र रुसले आफ्नो उदेश्य पूरा गर्नेछन्। एउटा टेलिसिरियलबाट राजनीतिमा उदाएका उनकै कार्यकालमा महाशक्ति राष्ट्र रुसंग युद्ध भयो । शुरुमा शक्ति राष्ट्रहरुले हतियार र डलर दिए ।
जब उनीहरुको उदेश्य पूरा हुने भएपछि शान्ति योजनामा सहमत हुन बाध्य पारे । दुई महाशक्तिको प्रस्तावमा सहमत नभएमा अब बचेको युक्रेनको पनि भविष्य खतरामा पर्ने देखिन्छ । यसर्थ लोकपृयताका नाममा राजनीतिमा आउनेहरु धेरै खतरनाक हुन्छन् । पर्दाको खेल र राजनीति खेल एउटै होइन । किनकी राजनीतिक यात्रा वक्ररेखमा हिड्छ, जो आफैमा निर्मम हुन्छ । आज युक्रेन एक हास्यव्यंगकारको भरमा अघि बढ्दा आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र अखण्डता गुमाउन बाध्य भएको छ । ००००








