११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

खानेपानी सम्बन्धि कानुन संशोधन नगरे कडा आन्दोलन : अध्यक्ष ओली


२५ माघ २०८२, शनिबार  



राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी सम्बन्धि उपभोक्ता हित विपरीत कानुन संशोधन गर्नुपर्ने बताएका छन् ।

शनिबार दाङको पुरनधारा खानेपानी उपभोक्ता संस्थाको १८ औ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


राज्यले उपभोक्ता संस्थामाथि लगाएको कर
उपभोक्ता संस्था ऐन–कानुन तथा उपभोक्ता समिति विघटनरखारेजीसम्बन्धी व्यवस्थाको कडा विरोध गरे । कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका ओलीले यदि सरकारले यी कानुनहरूमा संशोधन नगरेमा महासंघले कडा आन्दोलन र प्रतिवाद गर्ने स्पष्ट धारणा समेत व्यक्त गरे।

साधारणसभा बबई गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्का प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।कार्यक्रमको प्रमुख अतिथि पालिका उपाध्यक्ष बमकुमारी खड्काले खानेपानी सेवामा स्थानीय सरकारको दायित्व भएकोले आफूहरू नागरिकको शुद्ध पानी पिउन पाउने अधिकारप्रति प्रतिवद्ध रहेको कुरा स्पष्ट पारिन् ।

प्रकाशित मिति : २५ माघ २०८२, शनिबार  ९ : ४३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित