३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

अब दाङ-काठमाडौ रात्रीकालीन बससेवामा बसहाेस्टेज…


६ भाद्र २०८१, बिहिबार  


तपाईं विमानमा चढ्दा एयर हाेस्टेजले नमस्कार भनेर सम्बाेधन गरेको अनुभव गर्नु भएकै हाेला, यात्रुहरूलाई उनीहरूले गर्ने मिठाे अभिवादनले जाे कसैलाई प्रफुल्लित बनाउँछ,यात्रा पनि आनन्दमय हुन्छ। अब यस्तो अनुभव तपाईले सडक यात्रा गर्दा पनि गर्नु हुने भएको छ।

यस्तो सेवासहित सडक यात्रालाई आनन्दमय ,सुरक्षित र व्यवस्थित सेवा दिन प्रारम्भ गरेको छ, त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङले ।राप्ती यातायात सेवा प्रालि अन्तरगत रहेको राेयल एडभेन्चर एयर बस घाेराहीले काठमाण्डौको रात्रिकालिन सेवाको लागि संचालनमा ल्याएकाे छ।

बिहीबार सेवाको प्रारम्भ तुलसीपुर बसपार्कबाट हुने भएको छ। दाङ काठमाडौका लागि प्रति सीट १८ सयकाे शुल्कमा यस्तो सेवा पाईनेछ।रात्री बस सेवालाई गुणस्तरीय ,सुरक्षित र मर्यादित बनाउन बस हाेस्टेजसहित सेवा दिन थालेको प्रालिका अध्यक्ष सुरेश हमलालले बताए ।

अब यीनै बस हाेस्टेजले बस सेवालाई सञ्चालन गर्नेछन् । विशेष गरि महिलाहरूकाे सुरक्षालाई व्यवस्थित र सुरक्षित गर्ने बस हाेस्टेजहरू सहित सेवामा दिन थालेको प्रालिका अध्यक्ष हमालले सरजु अनलाइन डटकमलाई बताए ।


रात्रीकालीन सेवामा बसहाेस्टेजसहितकाे व्यवस्था गरिएको सम्भवतः पहिलो पटक हुन सक्छ।यस्तो बस सेवाले गन्तव्य सुरक्षित मात्रै हाेईन,यातायात क्षेत्रप्रति विश्वास र भराेसा पनि बढ्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ३ : ४४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित