१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

शुद्रको छोरो संस्कृत साहित्यले आचार्य भएँ :आचार्य, कृष्ण दमाई


२५ श्रावण २०८१, शुक्रबार  


जन्म र धर्मको आधारमा कुनैपनि मानिस महान हुदैन, जब मानिसलाई ब्रम्ह ज्ञान प्राप्त हुन्छ, तब उ महान हुन्छ। ज्ञानरुपी चैतन्यको आलोकमा उभिएर उसले जीवन र जगतलाई बुझ्न र व्याख्या गर्न सक्छ। यसर्थ संस्कृत वामय विशाल र विराट छ। वैदिक ज्ञान र विज्ञान निकै विराट छ, संस्कृत तथा वैदिक ज्ञानको गहिरो अध्ययनविना गरिने निम्छरो टिप्पणी सबै सतही हुन्। हामी सबै सनातनी हौ। हामीलाई विभाजन गरेर केही समूहले लाभ लिन खोजेको थियो । तर, संस्कृत भाषा र साहित्य अध्ययन गरेर मेरो ज्ञानको दैलो खुल्यो अनि थाहा भयो, वैदिक ज्ञान र विज्ञान कति धेरै विराट र विशाल रहेछ। जुन कुरा दलित समुदायबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका पहिलो आचार्य,कृष्ण दमाईले पशुपतिनाथ मन्दिर परिसरमा यस्तो अभिव्यक्ति दिएका हुन्।

सनातन धर्म संस्कृतिमा कही कतै विभेद नभएपनि गलत प्रवृत्ति र पात्रहरुले उचोर निचो गर्दा दलित समूदाय किनारामा पुराइएको पक्का हो । शास्त्रले कतै विभेद नगरेपनि समाजले उनीहरुमाथि विभेद गर्दै आएको पक्का हो । रगत रातो सबैको हुन्छ, भावना सबैको हुन्छ, सपना र चाहनाहरु सबैका हुन्छन्। कथित जातका नाममा मान्छेले मान्छेमाथि गरिएको विभेद घोर निन्दनीय छ। यही यस्तैका बीचमा शुक्रबार पशुपतिनाथ परिसरमा आयोजित कोटीहोम ज्ञान महायज्ञमा आचार्य कृष्ण दमाई अभिनन्दित भए, उनको भव्व स्वागत मात्रै गरिएन, मन्तव्य दिदै उनले भने, सनातन हिन्दु धर्म संस्कृतिको लागि निरन्तर सक्रिय रहनेछु, हामीलाई विभाजित गरेर लहलहैमा यस्ता पवित्र ज्ञान महायज्ञबाट बाहिर राखियो। तर, आज यस कोटीहोम ज्ञान महायज्ञको व्यासमा आसिन भएर संस्कृत साहित्यमा आफूले ज्ञान हासिल गरेको चर्चा गरे ।

दलितहरूलाई वेद–पुराण अध्ययन गर्न निषेध गरिएको सामाजिक कुप्रथा र अवस्थालाई चुनौती दिँदै आचार्य बनेका कृष्ण दमाईले सनातन हिन्दू संस्कार जोगाउनुपर्नेमा निकै जोड दिए । उनले भने, ‘म जन्मिदँदा शुद्र कुलमा जन्मिए पनि आचार्य हुने प्रेरणा गुरुबाट आएको हो । मैले एसएलसी टप गरेको थिएँ,तर त्यसपछि पढ्न मसँग पैसा थिएन’, सम्बोधनका क्रममा उनले भने, ‘मैले स्कुल छोडेर भारत जान लाग्दा ब्रह्माण गुरु ईश्वरदत्त भट्टले ५ सय रुपैयाँ दिनु भएको थियो । उहाँले नै नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना गरिदिनुभएको थियो । उहाँकै प्रेरणाले म आज आचार्य उपाधि हासिल गरेर यो पवित्र व्यासमा उभिएर आफ्नो विचार राखेको छु। म दमाई पहिलो व्यक्तिका रुपमा दलित समुदायबाट पण्डित बनेर कोटीहोमको व्यासमा बसे । ‘मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरुप्रति आभार प्रकट गर्छु । एउट शुद्र भएर संस्कृत साहित्य लगायत अन्य कर्ममा ल्याउने आदरणीय गुरूहरूमा नमन गर्छु’, उनले भनेका छन्, ‘मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरा लागि नेपालको राष्ट्रदेव पशुपतिको चरणमा स्वर्ग महसुस भएको छ । मैले यहाँ स्वर्ग प्राप्त गरेँ ।’


उनले देशमा धार्मिक विध्वंस मच्चाएर एक–अर्कालाई फुटाउँदै सनातनलाई सिध्याउने षड्यन्त्र भएको बताए । ‘अहिलेसम्म हिन्दू सनातनले सहिरहेको छ । अब हामी हिन्दूत्वका लागि, सनातनका लागि एक हुनुपर्छ’, उनले भने, ‘हिन्दू संस्कार बचाउनु छ, सभ्य नागरिक बनाउनु छ, संस्कृत बचाउ अभियानमा जुट्नु छ । सबै जुट्नु छ । मेरा लागि यो कोटीहोम, पशुपतिनाथको पावन भूमि स्वर्ग बराबर भएको छ ।’

उनले ईश्वरदत्त भट्टलाई स्मरण गर्दै महान् गुरुको संज्ञा दिए । उनैले आफूलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाएको बताए । भाषा उत्तीर्ण गरेपछि छात्रवृत्तिमा सोचेको ठाउँमा पढ्न सक्ने भनेर आफूलाई बाटो देखाएको स्मरण गरे । ‘धेरैले अनेक कुरा सुनाए । दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्न लाग्यो पनि भने । तर, मलाई भट्ट गुरुले धेरै कुरा सिकाएर जानुभएको छ’, उनले भने, ‘मैले कर्मकाण्ड गर्न होइन, आफ्नो विद्वता बढाउन, सनातनका लागि, जन्मभूमिका लागि केही दिन पढेको छु ।’उनले आफ्नो साथमा आमाबुवा नरहेको पनि सुनाए । उनकाअनुसार १२ मा पढ्दै गर्दा आमा बितेकी थिइन् । त्यसको ८ वर्षपछि २०७८ मा बुवा पनि बितेको कहानी सुनाए

कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरका उनले शैक्षिक यात्राका क्रममा २०६४ एसएलसी गरेका थिए । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उपाधि प्राप्त गरेका दमाइलाई हिन्दू धर्मले कसैलाई जातीय तथा अन्य आधारमा विभेद नगर्ने सन्देश दिन पनि यहाँ ल्याउन दबाब परेको थियो । उद्घोषकले पनि त्यसलाई पुष्टि गर्ने कोशिस गरे । जन्मँदै कोही पनि ब्राह्मण हुँदैन । जसले भागवत अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हो,’ सम्मानका क्रममा दमाईप्रति लक्षित गर्दै यस्तो चर्चा गरिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ४ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित