प्रधानमन्त्री केपी शर्मा ओलीज्यू आरामै हुनुहुन्छ होला, तपाई आरामै भएपनि देश भने बिरामी छ। देश बिरामी भएको कुरा यहाँलाई अवगतै होला। कोरोनापछि देशको मुख्य अंग अर्थतन्त्र डीप डिप्रेशनमा छ। सघन शल्याक्रिया गर्ने अर्थराजनीतिक चिकित्सकको अभावमा भ्यान्लिेटरमा छटपटाइरहेको देशको उपचार तपाइले गर्न सक्नुहुन्छ या सक्नु हुदैन, त्यो समय आएपछि थाहा होला नै । सौभाग्य भनौ या संयोग, जसले तपाई विरुद्ध सर्वाेच्चमा मुद्दा हालेर तपाईलाई २०७८ असार २८ गते सत्ताच्यूत ग¥यो, उसैको आड भरोसामा चौथो पटक प्रधानमन्त्री बन्नु भयो ।
त्यस यता कांंग्रेस सभापति शेरबहादुर देउवाले १८ महिना सत्ता चलाए, २०७९ मंसिरको चुनावी नतिजापछि तपाईकै जोडबलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए १८ महिना । ३६ महिनापछि तपाई पुनःसत्तामा फर्किनु भएको छ। तपाईहरु तीन शीर्ष नेता निकै भाग्यमानी हुनुहुन्छ। कहिले ओली, कहिले देउवा त कहिले प्रचण्ड । यस्तै गरी आलोपालोमा सत्ताको स्टेरिङ चलाइरहनु भएको छ। घुमिफिरी रुम्जाटार भने जस्तै सत्ताको चक्र तपाईहरुको मुठ्ठी बाहिर जान सकेको छैन। तपाईहरु धेरै काविल भएर हो या दोश्रो पुस्ताको योग्यता,क्षमता र दक्षता नभएर हो , आखिर जेसुकै होस्। तपाईहरु भाग्यमानी भने अवस्य हो ।
प्रधानमन्त्री ज्यू महत्वपूर्ण के छ, भने तपाई पटक पटक प्रधानमन्त्री भएर जुन सफलता हासिल गरिरहनु भएको छ, त्यत्तिपटक देश पछि पर्दै गएको सत्य हो,साँचो हो । तपाईहरु प्रधानमन्त्री बनेपनि देश आखिर किन बनेन, प्रधानमन्त्री ज्यू ? । देश आखिर किन बनेन भनेर तपाई पनि चिन्तित पक्कै हुनुहुन्छ होला । चौथो पटक प्रधानमन्त्री बनेर सत्तामा उक्लिनु भएको यो बेलामा मुलुकले संघीयताको नाममा २५ खर्ब बढी ऋणको भारी बोकिरहेको छ। भ्रष्टाचार र कुशासन नभएको ठाउँ छैन । भ्रष्टाचारका फाइल खोल्यो भने संसद र सरकार रित्तिनेवाला छ। १० लाख हेक्टर खेत बाँझै छ। वार्षिक ५० अर्बको चामल र ३० अर्बको तरकारी आयात गरेर तपाई हाम्रो चुल्हो बलेको छ। बर्खे झरीले हरेक वर्ष निर्दाेष नागरिक बगाएको छ। बाढी पहिरोले निम्त्याएका विनाशको गिन्ति नै छैन ।
युवा पलायन निकै डरलाग्दो छ। गाउँ बस्ती रित्तिएका छन्। खाडीमा घामको धुपमा जलेर युवाले पठाएको खुन पसिनाको पैसाले विदेशी मुद्रा सञ्चिति देखिन्छ। कहिलेसम्म युवाले खुन पसिना बगाउन हुन्, र देशको ढुकुटीले आयात गरेर चुल्हो धानिने हो, त्यसको जवाफ कसैसंग छैन । विद्युत क्षेत्रमा बाहेक हाम्रो विकासका अन्य आधारभूत क्षेत्रमने कतै पनि सुखद सन्देश सुन्नि र देखिन्न। कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार आदि इत्यादिको अवस्था बिजोग छ।कृषि, पर्यटन र जलविद्युत हुन्, हाम्रो आर्थिक विकासका आधार । तर, यीनै क्षेत्रमा लगानी पर्याप्त छैन।
कृषिमा बजेट सधै प्राथकिमतामा परेको देखिन्न। चालू आर्थिक वर्षका लागि यस अघिको प्रचण्ड सरकारले ५७ अर्ब विनियोजन गरेको छ, यति बजेटले कृषिमा के रुपान्तरण सम्भव होला र ? पक्कै पनि हुँदैन, किनकी कृषि क्षेत्रको योगदान करिब २५ प्रशितशत छ। तर, सोही अनुसार लगानी ज्यादै न्यून हो यो ।कृषि नीति किसानमुखी छैन, कृषिको जिम्मा सिंहदरबारका हाकिमहरुको मुठ्ठीमा रहँदासम्म हाम्रो कृषि उभो लाग्ने देखिन्न प्रधानमन्त्री ज्यू । त्यसका लागि स्थानीय सरकारलाई कृषिको पूर्ण जिम्मेवारी दिनुपर्छ, बरु कृषि विज्ञदेखि प्रशासन विज्ञको दरबन्दी सिर्जना गरेरे भएपनि कृषिको स्थानीयकरण गर्नु जरुरी छ। उनीहरुको उत्पादनदेखि बजारसम्म विचौलिया माफिया मुक्त नबनाएसम्म कृषि क्षेत्रको पलायन रोक्न सकिन्न। मल बीउ र बजारमा सरकारले पूरै जिम्मा नलिएसम्म कृषिमा युवालाई तान्नसकिन्न। कृषि नीति विदेशी बनाएको होइन, प्रधानमन्त्री ज्यू किसानहरुको अर्थपूर्ण सहभागितामा नीति बनाएर कृषिको जिम्मा भुँइतहको सरकारलाई दिइनुपर्छ । सिंहदरबारले बनाउने नीतिले किसानको खेतबारीमा कुनै प्रभाव पार्दैन भन्ने तथ्यको अनुभव भैसक्यो, मन्त्रालयका सचिवले भनेकै भरमा चल्ने नीतिले हाम्रो कृषि उकासिनेवाला छैन ।
उता पर्यटन क्षेत्र पनि उस्तै छ। पर्यटन बजारको विस्तार छैन, पुरानै लयमा पर्यटन क्षेत्र फर्किएपनि उत्साह देखिन्न। पर्यटन प्रवद्र्धनको पुरानै तौरतरिका छ। कुलग्राहस्र्थ उत्पादनमा करिब ७ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने भरपर्दाे माध्यम हो, जुन कुरा यहाँलाई पनि थाहा नै होला । तर,पर्यटन मन्त्रालय कसैको रोजाइ र खोजाइमा पर्दैन ।
अर्काेतिर आन्तरिक उद्योगहरुको अवस्था उस्तै दयनीय छ। एकताका कुलग्राहस्र्थ उत्पादनमा झण्डै २० प्रतिशत योगदान रहेको उद्योग क्षेत्र पछिल्लो समय ४ प्रतिशतको आसपासमा खुम्चिएको छ। स्वदेशमा संचालित उद्योगहरु पनि विदेशबाट कच्चा पदार्थ आयात गरेर चलेका छन्, स्वदेशी कच्चा पदार्थको सम्भावना भएपनि त्यसतर्फ कुनै पनि सरकारको ध्यान गएन । जसको परिणाम स्वदेशी उद्योगहरुले अपेक्षा गरे अनुसार रोजगारी दिन सकेका छैनन्। यसको मुल जड भनेको नै नीति हो। जबसम्म देशको माटो सुहाँउदो र देशले खोजे जस्तो नीति बन्दैन, तबसम्म अर्थतन्त्र तंग्रिदैन भन्ने कुरा अनुभव सिद्ध भैसक्यो । अर्थतन्त्र डीप डिप्रेशनमा भएपनि यस अघिका सरकारले सस्तो लोकपृयताका लागि स्टन्टबाजी गरेका थिए। यस सरकारले वास्तविकता जनतालाई भन्न र अर्थतन्त्र उकास्नका लागि युद्धस्तरमा लाग्नु विलम्ब गर्नु हुँदैन ।
मुलुककै ठूला दलहरुको समीकरणमा बनेको यो सरकारको अब विकल्प देखिन्न। सत्ता फेरबदलले जनतामा निराशा छ। जताततै निराशाको बादलले छोपेको छ, व्यापार व्यावसाय ठप्प छ। शहरका शटर बन्द हुँदैछन्। बेरोजगारीको दर बढ्दो छ, गरिबीको तथ्यांक उकालो लागेको छ। युवा पंक्ति देशमा एकछिन बस्न चाहान्न। किनकी देशमा लगानी र अवसरको वातावरण बनाइएको छैन । यस्तो भयावह अवस्थामा यहाँले देशको सत्ता बागडोर सम्हाल्नु भएको छ, यो तपाईको ठूलो चुनौतीसंगै महान सम्भावना पनि हो ।यसर्थ संकटको डिलमा पुगको अर्थतन्त्र उकास्नु नै पहिलो शर्त हो । त्यसका लागि सरकारले नयाँ सोच र दृष्टिकोणको साथ राष्ट्रिय बहस र छलफलबाट मुलुकलाई यो चरम निराशाको जन्जिरबाट बाहिर ल्याउन उपायको खोजीका लागि भगिरथ प्रयत्न गरोस्, ।