२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

गठ्ठाघर दुर्घटनाको भित्री कारण …..


३१ श्रावण २०८१, बिहिबार  


भक्तपुरकाे गठ्ठाघर सडक दुर्घटनाकाे टिप्पणी गर्नु अघि तत्कालीन प्रतिनिधिसभामा समेत उठेको सवालतिर लागाै।जहाँ यश अघिकाे प्रतिनिधि सभाकाे लेखा समितिका सभापतिले संसदमा उठाएका थिए सडक चाेकमा ट्राफिकले विना गल्ती चेकजाँच गर्ने प्रसग ।त्यस्तो प्रसंग प्रतिनिधिसाभा उठाउने मानिस थिए,तत्कालीन संसदकाे लेखा समितिका सभापति भरत शाह।

कांग्रेसका सांसद समेत रहेका उनलेे संसदकाे राेष्टमा उभिएर भनेका थिए। “हाम्रो ट्राफिक प्रहरीकाे नियम कस्तो ?” सडककाे छेउमा लुकेर बसेकाे छ,सडक नियम पालना गरेपनि उसलाई सूर चलेपछि केरकार र चेकजाँच गरेको छ। दुनियाँमै नभएको र नदेखेको यस्तो नियम कसले बनायाे? ।
नीति बनाउने थलाेमा पुगेका उनलेे ट्राफिकप्रति प्रश्न गरे। संसदकाे शक्तिशाली समितिकाे सभापति समेत आजित भईसकेकाे भन्ने कुरा आशय उनको त्यो अभिव्यक्तिबाट प्रष्ट हुन्थ्यो । सर्वसाधारणले त झन् यस्तो ज्यादती कति धेरै भाेगेका छन् । यति भनिरहदा सडक सुरक्षा नियम मान्नु हुन्न भन्ने कदापि हाेईन। तर,ट्रफिकले सडक सुरक्षामा अप्नाएकाे जरिवाना असुली बेठीक भन्ने हाे। यही बेठीक सिद्ध भएको कुरा संसदकाे लेखा समितिका पूर्व सभापतिले उठाएको प्रश्नको प्रकृतिसंग ठ्याक्कै मिल्दाे छ, बिहीबार भक्तपुरकाे गठ्ठाघरमा भएको सडक दुर्घटना पनि ।जनता अनेक थरीका करले लुटिएका छन् ।कर नतिरेको शीर्षक कतै नहाेला। तर ,सडकमा पनि ट्राफिक नाममा हुने यस्ता असुलीले दिक्दार छन् जनता।प्रहरीकाे भर भन्दा भय बढी लाग्छ ,सर्वसाधारणलाई । मानाै प्रहरी ‘यमराज’हाे। उसले थापेको धरापमा जतिबेला पनि पर्न सकिन्छ भन्ने एउटा उदाहरण बन्याे, गठ्ठाघर सडक दुर्घटना ।प्रहरीकै कारण ,प्रहरीकै अघि कपनका ५० वर्षीय उत्तम काेईरालाले अनाहकमा ज्यान गुमाए ।


हुन त याे दुर्घटना ट्राफिककाे कारणले मात्रै भएको देखिन्न।यश घटनामा अन्य फ्याक्टरहरू पनि जिम्मेवार छन् । ट्रक चालक पनि दाेषी छन् ।दुर्घटना पछिकाे सडक आक्राेष पनि बेठीक छ।करिब ८ घण्टा मृतकाे पहिचान गर्न नसक्ने अक्षम हाम्रो संयन्त्र पनि छ। यद्यपि पटकपटक गरेर अन्ततमा प्रहरी कपनका ५० वर्षीय स्कुटी चालक रहेको सनाखत गर्याे,भने सर्लाहीका ३२ वर्षीय मालबाहक ट्रक चालक सतेन्द्र श्रेष्ठलाई पक्राउ गर्याे।

मुलभूतरूपमा ट्राफिकलाई दिईने कमिसनले पनि ठूलो काम गरेको छ। जरिवाना असुल्नुलाई ट्राफिकले ठूलो सफलता ठानिएको छ।गएको आ र्थिक वर्षमा ट्राफिकले झण्डै दुई अर्ब जरिवाना उठायाे।माना‌, ट्राफिक सडकमा ठेली समाएर जरिवाना उठाउनु नै मुख्य दायित्व हाे।यस्तो प्रवृत्तिकाे कारण ट्राफिक प्रहरी जनताको साथी भन्दा पनि पैसा संकलनकर्ता जस्तो भएको देखिन्छ । ट्राफिक जस्तो संवेदनशील पात्रलाई घुमाउरो पाराले चाेक चाेकमा खटाएर पैसा उठाउने उदेश्य नै राज्यको हुन सक्छ । यस्तो प्रवृत्ति र नियम भारत नेपाल जस्ता मुलुकमा छन् । जहाँको ट्राफिक व्यवस्थापन दुनियाँकै झूर भएको टिप्पणी गर्छ्न्,सामाजिक सञ्जालमा पत्रकार विनाेद त्रिपाठी ।ट्राफिक प्रहरीलाई कमिसनको लाेभ देखाएर रसिद काट्ने प्रथा जारी रहे फेरि यस्ता घटना दाेहाेरी रहनेछन् ।
पत्रकार सामाजिक सञ्जालमा यश घटनाको टिप्पणी गर्दै लेख्छन्, “प्रहरी चेकिङकै कारण सडक दुर्घटना हुन्छ र निहत्था जनताको ज्यान जान्छ भने,कसरी भयो, प्रहरी मेराे साथी ? यस्तै अर्का सञ्जाल प्रयाेगकर्ता डीबी शाही लेख्छन्, “ट्राफिक मुख्य कामलाई विषयान्तर गरेर ट्राफिककाे काम नै राजश्व संकलनका लागि लगाईएकाे छ।जुन नीति गलत छ। जसकाे कारण निर्दाेषकाे ज्यान गयाे।चाेकै पिच्छे गरिने यस्ता असुली धन्दाले निम्याउने यस्तै दुर्घटना हाे।
हाे, बिहीबारकाे दुर्घटना यसैकाे वरिपरि देखिन्छ ,घटनापछि धेरै फ्याक्टर हाेलाने।तर, जहाँतँही चेकजाँचका नाममा जरिवाना उठाउने गलत अभ्यासले यस्तो नतिजा देखिएको भने पक्का हाे। यसर्थ गृह प्रशासनले घटनाको गम्भीर समीक्षा गरि जनतालाई सडक सुरक्षा सचेतना र ट्राफिकलाई जे जिम्मेवारी हाे,त्याे मात्रै दिनेतिर साेचाेस् राजश्व उठाउन तिर हाेईन।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १० : ५७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित