११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

पोलिटिकल पावर सेन्टरमा बालेन,पार्टी र सत्तामा अफरै-अफर !


१२ पुस २०८२, शनिबार  


सञ्जालबाटै संसारको मन जितेर लोकपृय भएका पात्र हुन्, काठमाडौ महानगरका मेयर बालेन्द्र साह । एउटा मामुली ईन्जिनियर र र्यापरको पृष्ठभूमि मात्रै भएका बालेन्द्रको राजनीतिक करिअर २०७९ को स्थानीय निर्वाचनपछि मात्रै शुरू भएको थियोे ।

उनको राजनीतिक करिअर प्रारम्भ भएको तीन वर्षको यो अवधिमा उनी मुलुकको राजनीतिको ईपिसेन्टरमा छन् । जेनजी विद्रोह उठाउन र ओली देउवाको मनपरि सत्ता ढलाउन उनी पर्दाभित्रका रहस्यमयी रचनाकार हुन्। हुन त उनी एउटा मामुली मेयर नै हुन्। उनी जस्ता स्थानीय सरकार प्रमुख देशभर उनीसहित ७५३ जना छन् ।तर,अरू जनप्रतिनिधि राजनीतिको केन्द्र भागमा कहिल्यै गणना नभएपनि बालेन गएको तीन वर्षदेखि राजनीतिक शक्तिको केन्द्रमा छन् ।

सधै सञ्जालमा आक्रमक हुने तर,पब्लिक फेस नगर्ने बालेन ओलीको बर्बर र शकुनि शासनलाई सत्ताच्यूत गराउन सफल भए ।

ओली सत्ताबाट लघारिएपछि उनलाई प्रधानमन्त्री बन्ने ठूलो अवसर थियो ।जेनजीहरूले उनलाई प्रधानमन्त्री बन्न अफर गरे ।तर,उनले प्रधानमन्त्री पद अस्विकार गर्दै उनैको प्रस्तावमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री भइन्। त्यही सरकारले फागुन २१ मा निर्वाचन गराउँदै छ,त्यही निर्वाचन गर्नका लागि तत्कालीन प्रतिनिधि सभा विघटन गर्ने शर्त बालेनले राखेका थिए।

सरकारले २०८२ भदौ २७ मा संसद विघटन गरेर २०८२ फागुन २१ गते बिहीबारका दिनमा चुनाव तोकेको हो । त्यतिबेला जेनजीहरूले बालेनलाई प्रधानमन्त्री बन्न अफर निकै गरेपनि उनलेआफू पछि हच्किएर सुशीलालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । त्यतिबेला अन्तरिम सरकारको प्रधानमन्त्री पद त्यागेका बालेन यतिबेला फागुन २१ पछि प्रधानमन्त्री बन्ने रेसमा छन् ।

पुसको पहिलो साता रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएसंगै राजनीतिक निकै गरमायो । राजनीतिक प्रतिशोधले लखेटिएका उनै रविको सक्रियताले नयाँलाई एकैठाउँमा जोड्दैछ। रविले ठूलो र फराकिलो छाति बनाउँदै नयाँ शक्तिबिचको एकतालाई प्राथमिकतामा राखे । देश बदल्ने हुटहुटी भएका रवि त्याग गर्न तम्तयार भए । पुराना दल एमाले कांग्रेसलाई पुनः सरकारमा फर्कन रोक्ने गरि उनले राजनीतिक सक्रियता बढाएका छन् ।

सर्वाधिक लोकपृय पात्र रविको रिहाइपछि मुलुकमा चुनावी माहोल मात्रै ह्वात्तै बढेको छैन। नयाँ शक्तिहरूप्रति जनताको अभूतपूर्व आकर्षण चुलिएको छ। एमाले कांग्रेसमा निरन्तर पहिरो जाँदा रास्वपा निकै बलियो बन्दै गएको छ ।देशको राजनीतिक महोल जताजता रवि त्यता त्यता घुमिरहेको छ । जेनजी विद्रोहपछि विकसित घटनाक्रमले रवि,कुलमान र बालेनलाई एकैठाउँमा उभिने परिस्थिति बनाइदिएको मात्रै छैन की,रवि बालेन र कुलमानबीच एकता नभए ओली देउवा पुनः सत्तामा फर्कने छन् । उनीहरू पुनः सत्तामा फर्किए शुरूवातमै रवि,बालेन र कुलमानलाई खर्लप्पे निल्नेछन् । उनीहरू सत्ताको टेकोमा कानुनको तरबार यीनै तीन भाइको गर्धनमा प्रहार गर्नेछन् ।

यसर्थ यतिबेला डु अर डाइको अवस्थामा छन् ,बालेन, रवि र कुलमान। त्यसका लागि निरन्तर संवाद र वार्ता पनि जारी छ। सानेपा ,बालकोट र खुमलटारको राजनीतिक भेघाट पछिल्लो समय ललितपुर ज्वागलमा केन्द्रीत छ। राजावादीदेखि गणतन्त्रवादीहरूको दर्शनस्थल बनेको छ,बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको ज्वागलस्थित घर । राजनीतिक तीर्थस्थल बनेको ललितपुरले नयाँ शक्तिलाई जोड्छ, या निरर्थक बनाउँछ,त्यो भने समयले बताउला ।

तर, सत्य कुरा के हो भने ,जेनजी विद्रोहपछि मुलुकको राजकाज अब युवाको नेतृत्वमा पुग्नुपर्छ ।भ्रष्टहरूलाई सधैंका लागि सत्ताच्यूत गरेर सुशासन र समृद्धिको दीयो सल्काउनुको कुनै विकल्प छैन।त्यसको लागि रवि,बालेन र कुलमानबीच सहमति गराउन पार्टी नेतृत्व र सरकारको नेतृत्व अनि वरीयतालाई टुंगोमा पुर्याउन प्रस्ताव गरिएको छ,त्यो प्रस्ताव अनुमोदित भएमा मुलुक नयाँ कोर्षमा अघि बढ्नेछ ।

फागुन २१ पछि ओली देउवाहरू इतिहास बन्नेछन् । यदि नभएमा रवि,बालेन र कुलमान झ्यालखानामा नभेटिएलान् भन्न सकिन्न ।००००

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १० : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित