जब सन २००६ जुलाईमा बिकको जन्म भयो,तबदेखि तेल व्यापारमा अमेरिकी एकल प्रभुत्व र नियन्त्रणमाथि चुनौति थपिन थाल्यो। व्रिक्स २०१० सेप्टेम्बरमा पुनः गठनपछि अमेरिका थप अत्तालिन थालेको हो।
खाडीको तेल खरिदबिक्रीमा उसले लागू गरेको पेट्रो डलर स्स्टिमका कारण पूँजी र प्रविधिमा उ सधै महाशक्ति बन्ने मात्रै होइन। अमेरिकाप्रति विमति राख्नेहरूमाथि आर्थिक नाकाबन्दी लगाउन थाल्यो। आर्थिक नाकाबन्दी ,ट्यारिफ या हतियार विक्रि तथा उत्पादनमा रोक उसले लगाउन थाल्यो।
इरानको आणविक कार्यक्रम सधैं उसको टाउको दुख्नुको कारण आणविक शक्तिको भय मात्रै होइन, उसको तेल व्यापारमा सम्भावित चुनौति पनि हो।सन १९७४ मा साउदी अरबियासंग भएको गोप्य सम्झौता अनुसार छिमेकीमाथि इरानको खतरा नहोस् भन्ने स्वार्थ हो।
जतिबेला सन १९७० ताका चीन गरिबीसंग लडिरहेको थियोे । त्यतिबेला रूसी महासंघ थियोे ।
दोश्रो विश्वयुद्धपछि रूस अमेरिका शीत युद्ध थियोे । सन १९९१ मा रूसी महासंघ विघटन गराउन अमेरिकी खुफिया एजेन्सी सीआइए सफल भयो । महाशक्ति युएसएसआर १५ राज्यमा विघटन भएपछि अमेरिकी एकल ध्रवमा विश्व पुग्यो । तर,सन १९७८ मा चीनमा देङको उदय भएपछि चीनले आर्थिक उन्नतिमा दिग्विजय हासिल गर्दै गयो। अमेरिका संसार भर युद्ध लडिरहँदा चीन उत्पादन र व्यापारमा लाग्यो ।
करिब ४० वर्षमा चीन विश्वकै ठूलो उत्पादन र बजारको हिस्सा ओगट्ने अवस्थामा पुग्यो। पूँजी र प्रविधि विकासमा चीनको अभूतपूर्व विकास आज अमेरिकाको लागि चुनौति बनेको छ। अमेरिकी एकल ध्रविय पकड भत्काउन चीनका राष्ट्रपति सीले विश्व बहुध्रुविय एजेन्डा अघि सारेका छन् । चीन,रूस,ब्राजिल,भारत र दक्षिण अफ्रिकाको नेतृत्वमा यतिबेला धेरै देशहरू ब्रिक्समा आबद्ध छन् । ब्रिक्सले आफ्नै विकास बैंक समेत स्थापना गरेको छ। विश्वभर ब्रिक्स सदस्यहरूले तेलको कारोबार युआन,रूबेल र भारूमा गर्दछन्।
यसो गर्दा अमेरिकी पेट्रोडलर सिस्टमलाई कडा चुनाति भइरहेको छ। पेट्रोडलर सिस्टमकै कारण अमेरिकी अर्थतन्त्र सदाबहार बलियो भएको हो।यसलाई भत्काउन ब्रिक्स लागेको छ। त्यसलाई अमेरिकाले तोड्न चाहान्छ। त्यसका लागि चीन,भारत र रूस जस्ता देशमा आन्तरिक द्वन्द्व सिर्जना गरेर आफू अनुकूलको सत्ता परिवर्तन गर्ने उसको ध्येय छ र हुन्छ । यदि त्यसो नभए ,फ्रि तिबेतको कुरा होस् या राजस्थान र मणिपुरका कुरा हुन्। ती स्थानमा जात र धर्मको सेन्टिमेन्टमा खेलेर विभाजन र विखण्डन गर्न चाहान्छ । खम्पा विद्रोह अमेरिकी रणनीतिको एक उदाहरण हो।
त्यसको लागि दक्षिण एशियामा बढ्दो चिनियाँ प्रभाव रोक्न उसले थुप्रै सैन्य रणनीति पनि अघि सारेको छ। हिन्दु प्रशान्त सैन्य रणनीति पनि एक हो। यसमा नेपाललाई पनि समावेश गराएर चीनलाई रोक्ने र भारतलाई छेक्ने उसको चातुर्यता हो। अमेरिकाको एमसीसी परियोजनाको काउन्टर हो,चीनले अघि सारेको बीआरआइ पनि।
सन २००० यता विश्वमा उदयीमान शक्तिहरूलाई रोक्न अमेरिकी रणनीति छ। चीन जस्तो उदयीमान महाशक्तिको घरेलु राजनीति या व्यापारमा धक्का दिन सके उदेश्य पूरा हुने उसले ठानेको छ। चीन अमेरिका व्यापार युद्ध काफि उदाहरण हो। कहिले युकेन बोक्छ, त कहिले ताइवालाई छेक्छ।
यसरी विश्वमा जारी प्रभाव र प्रभुत्वलाई कायम गर्न तेल व्यापारका लागि उसले इरानमा हमला गरेको हो। २०० सय अर्ब अमेरिकी डलर बजेट इरान युद्धमा खर्च गर्दै छ,अमेरिका। तेलकै कारण अमेरिकामा महंगी र बेरोजगारी बढेको छ। राष्ट्रपति कदमप्रति स्वदेशमा चर्को विरोध भइरहेको छ।तर,उनी इरानमा सत्ता पलटवार गरेर अमेरिकी कठपुतली सरकार बनाउन चाहन्छन् । र चीन र रूसको तेल व्यापारलाई छेक्ने उनको उदेश्य हो।
त्यसका लागि अमेरिका नेपालमा विकास साझेदारीदेखि सैन्य साझेदारीका कार्यक्रम चलाउन चाहान्छ। नेपालको भूराजनीतिक संबन्ध र संवेदनशीलता यसरी जोडिएको छ। तेल व्यापारको स्वार्थमा खाडीमा अमेरिकी सैन्य बेस क्याम्प बने। तिनै बेस क्याम्पकै कारण खाडीमा युद्धको ज्वाला दन्किएको छ। यसर्थ शक्ति राष्ट्रहरूको सम्बन्ध कायम गर्न नेपालले अहिलेसम्म अबलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशशिलताको सिद्धान्त कदापि नभूलोस्।








