१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

छोराको कसमले श्राप लाग्यो देउवा दम्पतीलाई, ३४ वर्षमा थुप्रेको कालोधन एकदिनमै खरानी !


१६ आश्विन २०८२, बिहिबार  


नक्कली भुटानी शरणार्थी प्रकरण, टिकापुर काण्ड र थुप्रै महाकाण्डमा बालबाल बचेकी थिईन्, आरजु देउवा राणा। देउवाकी जिद्दीवाली श्रीमती समेत रहेकी उनी तत्कालीन प्रचण्ड सरकारले नक्कली भुटानी शरणार्थी काण्डमा मान्छे बेचेको आरोपमा पक्राउ पर्नबाट पनि बचेकी थिईन्।

उनी विद्यावारिधि गरेकी एक विद्वान् महिला नेता पनि हुन्। श्रीमान् देउवाको बाहुलीमा विघटित प्रतिनिधि सभाको समानुपातिक कोटामा अग्रस्थानमा नाम दर्ज गर्न सफल भएकी आर्जु नरसंहारकारी ओली सरकारको निवर्तमान परराष्ट्रमन्त्री हुन्। परराष्ट्रमन्त्री बन्नु अघि आफूसंग कुनै अकुत धन सम्पत्ति नभएको भन्दै आफ्नै एउटा छोरा जयवीरको कसम खान पनि छोडिनन्।

घर बनाउन नेपालमा काठ नपाएको भन्दै संसदमा चर्चा कमाएकी आर्जुका छोरा जयवीरको जीवन शैली कुलिन थियोे । एकसरो लुगासित राजनीतिमा छिरेका देउवा लगायतको नेता अस्वभाविक वैभव र ऐश्वर्यको विरू्द्ध जेनजीले विद्रोह गरे।त्यसको मुख्य निशानामा देउवा परिवार र उनीहरूको अकुत धन सम्पत्ति परे।एकता यस्तो समय थियोे देउवाको जीवनकालमा, ।जतिबेला उनी डडेलधुराबाट राजनीतिमा छिरेका थिए।त्यतिबेला देउवासंग विहे गर्ने पैसा समेत अरूले दिएको घटना पूर्व कांग्रेसी खेम सेढाई बताउँदै आएका छन् ।

सुकुम्बासीको हैसियतमा भएका देउवा २०४८ मा गृहमन्त्री भए र २०५०यता पाँच पटक यो देशको प्रधानमन्त्री भए । यो करिब ३४ वर्षको अवधिमा देउवाको सम्पत्ति थुप्रो लागेको देखिन्छ ।आज भन्दा ३४ वर्ष अघि रित्तो गोजी भएका देउवा अर्बपति नेता भए । राजनीतिमा कम बोल्ने , तर लाभ धेरै लिएका उनी प्रजातन्त्रको फरिया भिरेर अस्वभाविक धनी भए। जुन कुरा जेनजी आन्दोलनमा डढेका पैसादेखि जलेका बंगला र तारे स्कुलबाटै थाहा हुन्छ ।

गएको डेढ वर्ष अघि नक्कली भुटानी शरणार्थी काण्डमा झन्डै पक्राउ परेकी आरजुले माइतीको दाइजो र आफ्नो कमाइ बाहेक त्यस्तो कुनै अकुत धन नभए भन्दै छोराको कसम खाएकी थिईन्। तर,उनको अकुत धनको भण्डार पोखियो।कलियुगमा पाप आफ्नै जीवन कालमा भोग्नु पर्छ भन्ने लोक भनाइ छ। त्यही कुरा देउवा आर्जुको जीवनमा पनि लागू भयो ।


श्रीमान्को राजनीतिक शक्तिको अहंकारले कांग्रेसलाई भोट नदिए अनुदान रोक्ने धम्की दिने आरजुले मेयरदेखि मन्त्रीसम्मको आफै लगाउँथिन्। निर्वाचन लड्न टिकट र नियुक्ति बाँड्न उनकै हात जगन्नाथ थियोे । एक हातले टिकट र नियुक्ति अर्को हातले करोडका बीटा उठाउने गरेको उनीमाथि आरोप लाग्दै आएको थियोे ।
त्यसैगरी कमिसन घुस आदि इत्यादिको कमाइले महल र तारे स्कुलहरू सञ्चालनमा थिए।

जेनजी आन्दोलनमा ती सबै जलाइए। आरजुले बताए अनुसार २ अरबको भौतिक सम्पत्ति आगोमा डढेको छ।घरमा राखिएका पैसा सुनचाँदी कति थिए, त्यसको त कुनै हिसाब किताब छैन।मामुली राजनीतिमा लागेकै कारण अर्बौं सम्पत्तिको मालिक बन्छ भन्दा पत्याउनै गाह्रो छ ।

तर,३४ वर्षमा अथाह धन सम्पत्ति थुप्रो लगाए, देउवा दम्पतीले ।दुखद् कुरा यो छकी जुन मानिस देशको पाँच पटक प्रधानमन्त्री हुन्छ ,त्यहीँ देश यसरी हरिकंगाल हुन्छ भने जनताले सहन सकेनन् । सिमित व्यक्ति मोटाउँदै जाने र देश दुब्लाउँदै गएपछि युवाले विद्रोह गरे।यही बलिदानपूर्ण विद्रोहले लोकतन्त्रका कुबेरहरूको वास्तविक चेहरा छर्लङ्ग देखाइदियो ।०००००

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ६ : ३९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित