२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

तनहुँको आँबुखैरेनी बस दुर्घटनमा १४ को मृत्यु, १६ जना घाइते


७ भाद्र २०८१, शुक्रबार  


तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आज शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० जना भारतीय पर्यटक रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।दुर्घटनास्थलमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा छ ।दघर्टनाको कारण अझै खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित