११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

कांग्रेस विशेष महाधिवेशनमा देउवा पक्षका नेताको पनि उल्लेख्य सहभागिता !


२७ पुस २०८२, आइतबार  


कांग्रेसको विशेष महाधिवेशन केही बेर अघिबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित छैनन् ।

महाधिवेशन स्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन् । त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन् ।

केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय

चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार,उदय शमशेर राणा,नानु बास्तोला, योगेन्द्र चौधरी, विनोद चौधरी सहभागी छन् । त्यस्तै, पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ, सुधीर सिवाकोटी पनि सहभागी छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : ३२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित