११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

भ्रष्ट शासकले उत्पादन गरेका जेलेन्स्कीले कसरी युक्रेन ध्वस्त पारे ?


२२ माघ २०८२, बुधबार  


जेलेन्स्कीको सत्तारोहण किन भयो ? कस- कसले बनाइदिए वातावरण ? कलाकारिताको भूमिकामा रहेको मानिस राज्यको कार्यकारी तहमा कसरी र किन आइपुगे ? काँचको विन्दास पर्दामा करिअर बनाइरहेको र रमाइरहेको मानिस राजनीतिको निर्मम खेलमा किन आयो र किन ल्याइयो ?

युक्रेन आज भूगोलबाट गुगलमा खोज्नुपर्न अवस्था किन बन्दैछ ? घरेलु राजनीतिले मैदान खाली नगरेको भए के युक्रेन अमेरिकी र रूसी साम्राज्यको निशानामा पर्थ्यो ? कि पर्थेन ?

सवाल यो हो । सतही र उडन्ते दोष करारले सत्यको उजागर होला त ?अवस्य पनि हुन्न ।

त्यसो भए सत्य के हो ? त्यो जान्नका लागि जेलेन्स्कीको संक्षिप्त्त पृष्ठभूमि हेरौं।

युक्रेनका वर्तमान राष्ट्रपति भोलोदिमिर जेलेन्सी हुन। उनी राष्ट्रपति हुनु अघि हास्य कलाकार थिए ।जतिबेला उनी सर्भेन्ट अफ पिपुल्स नामको टेलिसिरियलमा राम्रो अभिनय गरिरहेका थिए । त्यतिबेला युक्रेन चरम भ्रष्टाचारको दलदलमा फसेको थियोे । अस्थिरता र अराजकताको कुइरीमण्डल थियोे । जनतामा चरम निराशा थियोे । सत्ताको भजनमण्डली र आरती गान थियोे ।

यस्तो बेलामा सर्भेन्ट अफ पिपुल्स नामको टेलिसिरियल बनेको थियोे । सिरियलमा भ्रष्टाचारको कर्तुुतको कथा थियोे, सर्भेन्ट अफ पिपुल्स नामको यस टेलिसिरियलमा उनी शिक्षकको भूमिकामा अभिनय गरेका थिए। भ्रष्टाचारले निस्सासिएका युक्रेनीहरू उनको पर्दाको लाकारिताले अत्यधिक प्रभावित भए । भ्रष्टाचार विरूद्ध पर्दामा उनले देखाएको यथार्थताले धेरै युक्रेनीहरूको मन जित्यो उनको लोकपृयताको उचाइ सगरमाथा झै उचाइमा चुलियो ।

यही लोकपृयतालाई मानक मानेर उनले सन २०१८ मा सर्भेन्ट अफ पिपुल्स नामको पार्टी खोले ।उनको लोकपृयतामा विदेशी लगानी थियोे भनिन्छ ।तर,तथ्य कतै भएको थाहा छैन। पावर एलाइटको खेल थियो पनि भनिन्छ । यद्यपि जसले जेसुकै तर्क गरेपनि उनी सन २०१९ को राष्ट्रपति निर्वाचनमा ७३ प्रतिशत मत प्राप्त गरी विजयी भए ।

सन २०२० देखि छिमेकी मुलुक रूससंग खटपट चर्किन थाल्यो ।उनको अति राष्ट्रवादको उन्माद यतिसम्म चर्को थियोे कि, मानौ देशलाई माया गर्ने नेता यस अघि युक्रेनमा कोही पनि जन्मिएका थिएनन् । तर,यथार्थ त्यो थिएन र होइन पनि ।समस्या घरेलु खराब राजनीति र भूराजनीतिक जटिलता थिए र हो पनि । त्यसलाई मिहिनढंगले हल गर्न भन्दा उत्तेजना धेरै थियोे ।


उता, उनले महाशक्ति २०१४ मा क्रिमिया कब्जा गरेको रूससंग उनी जोरी खोज्न थाले । जबकि रूसमा पुटिनको उदय स्टालिन शैलीमा भइरहेको थियोे । भूमि फर्काउने पुटिन रणनीति स्टालिन शैली जस्तै छ। स्टालिन त्यस्ता बर्बर शासक हुन्। जसले लाखौं मानिसको कत्लेआम गरेका थिए। नरसंहारमा उनी दोश्रो हिटलर र पोलपोटको रूप ठानिन्छन् । तिनै स्टालिनका अनुयायी पुटिन रूसी महासंघ व्युताउने दौडमा थिए र छन् । पुटिनले सन २०२१ मा जेलेन्स्कीलाई लेखेको एक विचारउत्तेजक लेखमा पश्चिमतिर होइन, हामीतिर मिल्न आउ भन्ने थियोे । तर, जेलेन्स्कीमा लोकपृयताको उन्माद यति धेरै थियोे कि जसले उनमा अन्धराष्ट्रवादको हुरी चलाएको थियोे । त्यो उन्माद र अन्धराष्ट्रवादी अहंकारले सन २०२२ फेब्रुअरीमा रूसी आक्रमणलाई निम्त्यायो ।

अमेरिकासहित युरोपेली मुलुकको उक्साहटले ४ वर्षदेखि युद्धको मारमा छ,युक्रेन अहिले पनि। करिब ५ लाख बढी सैनिक मारिए ।सर्वसाधारणको ज्यान गयो । लाखौं घरबार विहिन भए। विदेश पलायन डरलाग्दो छ। युरोपेली मुलुक शरणार्थी शिविर बने।खर्बौ डलरको भौतिक नोक्शानी भयो । मध्य आय भएको युक्रेन ४ वर्षमा ध्वस्त भयो । एउटा दम्भी,अहंकारी र लोकपृयतावादी सनक शासकको कारण युक्रेन खण्डहर भयो। चार वर्ष अघिको युक्रेन अब यादमा मात्रै रह्यो।

रूसलाई जमिन चाहिएको थियोे । अमेरिकालाई दुर्लभ खानी । अन्तमा यी दुई महाशक्तिको पञ्जामा छ,युक्रेन र लाखौं युक्रेनीहरूको भाग्य र विष्य । एक अर्थमा उनीहरू यति प्यालेस्टाइनीहनरू जस्तै हालतमा छन्। देश त छ तर कहाँ भन्दै खोजिरहेका छन्।

वास्तव भन्ने हो भने,युक्रेन यति धेरै भाग्यमानी देश हो। जहाँ माटोमाथि सुन फल्छ,माटो मुनि सुन पाईन्छ । अन्न र दुर्लभ धातुको देश युक्रेनलाई भगवानले वरदान दिएको पनि भनेर भनिन्छ ।

सन १९९१ डिसेम्बर २५ मा रूसी महासंघ विघटन भए यता बनेको युक्रेनी शासकहरूको असफलताको कारण सधै भ्रष्टाचार र अस्थिरताको धुवाँमा निस्सासीरह्यो। रूसी महासंघका अन्तिम राष्ट्रपति मिखाईल गोर्वाचोभको गलत नीतिको कारण रूसी महासंघ ढलेपछि त्यहीबाट अलग भएको देश युक्रेन कृषि र खनिजले अथाह धनी छ। कृषि प्रधान हाम्रो देश नेपालले पनि त्यहाँबाट तेलहन र दलहन वस्तु लाखौं डलरको आयात गर्दछ। हाम्रो तेल उद्योगहरू युक्रेनकै तोरीले चलेका छन् । प्रकृतिको अद्भुत धर्ती युक्रेनको आफ्नै सभ्यता र संस्कृति छ। यति सुन्दर देश हाम्रो देश जस्तै खराब शासकको हातमा पुग्दा युक्रेनीहरूको भूगोल,अस्तित्व र सीमा रेखा मेटिने खतराको बादल लागिरहेको छ।

भ्रष्ट शासकहरूले निम्त्याएको यो विनाश र विघटनको आँधी रोक्नै गाह्रै छ ।तर, स्वतन्त्रता र स्वाधीनताका लागि लाखौं युक्रेनीहरू विश्व समाजसंग याचना गरिरहेका छन् । खराब शासकले गर्दा एउटा सनक र झिल्केको हातमा पुग्यो युक्रेन । जसको परिणाम शक्तिशाली राष्ट्रहरूको कठपुतली बन्दा सबै कुराले सम्पन्न भएर पनि सबै कुरा गुमाएको जस्तो अवस्थामा छ, युक्रेन ।

यसर्थ आफूलाई मुख्य दल भन्नेहरूले आफूलाई सच्याउन र सुधार गर्नतिर लाग्नुको साटो नयाँ पुस्तालाई सत्तामा नपुग्दै मिथ्या आरोप करार गरेर पानी माथिको ओभानो बन्नु सरासर गलत छ।

गएको भदौको युवा विद्रोह विदेशी शक्तिको षड्यन्त्र भन्ने कुरामा कतै सत्यता छैन। यो त सत्ता गुमेको भडास मात्रै हो। युवा विद्रोहको जग नै ओली देउवाको कुशासन र भ्रष्टाचार हो। आफूलाई करेक्सन गरेर अघि बढ्नुको साटो कहिले बतासे अण्डा त ! कहिले नेपाली जेलेनस्कीका कुतर्कमा कुनै दम छैन।यस्ता तर्क भनेको आफूले गरेका कुकर्म छोप्न ऐनालाई दोष दिए जस्तै हो। राष्ट्रवादी हुँ भनेर हुने विषय पनि होइन।राष्ट्रलाई यो हालतमा पुराएर खोकिएका राष्ट्रवाद दुनियाँकै लज्जास्पद र कलाविहिन प्रहसन मात्रै हो।

विदेशी शक्तिको क्रिडास्थल बनाइदै छ भन्दै जनता झुक्याउन खोजिएको फेरि छ।यसमा कुनै दम छैन। भदौ २२ सम्म सत्तामा बस्दा विदेशी शक्ति नदेख्ने आँखाले भदौ २३ र २४ मा विदेशी शक्ति देख्नु प्रथम दृष्टिमै दोष छ। युक्रेनमा विदेशी शक्ति त्यतिकै आएको होइन, भ्रष्ट शासकको कारण हो। विदेशी शक्ति त्यतिकै पनि आउँदैनन्। हामीले मैदान खाली गरिदिएपछि तपाईं हाम्रो नक्कली राष्ट्रवादले कदापि रोकिन्नन्। माक्र्सवादी विश्लेषक डा अमर गिरी भन्छन् ,’हामीले गर्ने सत्ता कर्मले विदेशी शक्ति भित्रिन्छन्, मैदान खाली भए रोकिन्नन्।खेल्ने ठाउँ दिने या नदिने नेपाली शासकहरूको हातमा छ।’

हो,पक्कै पनि ३६ वर्ष देखिको कुशासन र भ्रष्टाचारको डरलाग्दो चाङ छ। सत्तामा पुगेकाहरू चोखा विरलै छन् । भ्रष्टाचारले डामिएकाहरूले भ्रष्टाचारको विरोध गरिरहेका छन् । यो लज्जास्पद र कलाविहिन राजनीतिको अचानोमा छ ,देश। यही भदौमा युवा विद्रोह भएको थियोे । जसलाई स्वीकार्नेहरू अस्तित्वमा रहने देखिन्छ ।अस्विकार गर्नेहरू राजनीतिक भूगोलबाट गुगलतिर पुग्नेछन्।

फागुन २१ नजिकै छ। त्यसको फैसला अवस्य जनताले गर्नेछन् ।जनताको धैर्यता,अपेक्षा र स्विकारोक्तिलाई धोकाधडी गर्नेहरू सरलबढारिनेछन्। गल्ती सच्याउनेहरू फर्किने छन् । जनतामा जेनजी विद्रोहले रोपेको चेतनाले भ्रष्टहरू अस्विकार र प्रष्टहरू स्विकार हुनेछन् । आफू बेठीक भएको प्रमाणित भैसक्दा पनि नयाँ शक्तिहरूलाई जेलेन्स्की आरोप लगाएर दन्त बझान समयको बर्बादी हो।इतिहासको धुलिसात हो।बेलै बुद्धि आफ्नै हित होला की ?

प्रकाशित मिति : २२ माघ २०८२, बुधबार  ८ : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित