२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

आँबुखैरेनी बस दुर्घटनामा २७ जनाको मृत्यु,१६ जना घाइते(अपडेट)


७ भाद्र २०८१, शुक्रबार  


तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या २७ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले दिएको जानकारी अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका हुन् । घाइते मध्ये १२ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुई दिनअघि यही भदौ ५ गते उनीहरु भारतको गोरखपुर हुँदै पोखरा पुगेका थिए । भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिडेका थिए । उनीहरू सवार भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा दर्घटना भएको थियो ।प्रहरीका अनुसार बसमा सवार सबै यात्रुहरु भारतीय नागरिक हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ७ : ०४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित