सागर रावल
काठमाडौं:विगत लामो समयदेखि देशको शासन प्रणालीमा सुधार नहुँदाको परिणाम अहिले पनि जनताले राम्रो संग भोग्दै आएको छन् ।राजनीतिक परिवेश मात्र नभई यो देशमा असल नेतृत्व गर्ने सक्षम जनशक्ति उत्पादन नभएर पनि यो देश यस्तो अवस्थामा पुगेको देखिन्छ। पहिलेको तुलनामा हेर्ने हो भने सबै कुरा गाउँमा आयो अहिले बिजुली आयो पानी आयो ,बाटो आयो हुनत हामी शहर बजार देखि टाढा गाउँमा छौं हाम्रो गाउँ ठाउँको जनसंख्यालाई आधार मानेर हामीले गाउँको विकास क्षेत्रको बारेमा अध्ययन गर्ने खोजेको छौं। हामी शहर संग तुलना नगरौं हाम्रो गाउँ समाज हामीले नै बटुलेर विकासको अनेकौं कल्पना गरेर नयाँ मार्ग तिर जोड्न हामी सबैको दायित्व हुन आँउछ।मेरो गाउँमा बाटो नहुदैपनि कोहि हराउदैन । बाटो भएको ठाउँमा पो हराउछन, मानिसहरु त । गाउँमा बारिको डिलैडिलले पनि जङ्गलको झाडिनै झाडिले पनि कुनै घरको आगनसम्म डोर्याउछ मान्छेहरुलाई । र गाउँको आगनले कसैलाई पनि पराई ठान्दैन ।हामीले जोगाएको नासो हाम्रो रीति रिवाज, संस्कृति,गाउँ समाजको सबै भन्दा ठूलो गहना मान्छौं । सारी ,चोली र पटुकी कस्दै महिला दिदी बहिनी पधेरो जाने चलन पूर्खौ देखि हाम्रो समाजमा छ।बस धकेलेको त दुःखले हैन थोरै पैसाले हो,आज पनि गाउँमा मागी विवाह गर्ने चलन छ।छिमेकीले हजारौं पैसा खर्च गरेर बिहे गर्दा अर्कोले पनि त्यही रित गर्ने मेरो समाज पहिले भन्दा अहिले भुल्दै र छोड्दै गएको छ।सहर बजारमा जस्तो प्रतिश्पर्धा गर्ने चलन गाउँमा छैन ।विकासको परिपाटीले केही पछाडि परेको मेरो गाउँ अहिले धेरै अन्तर गराइसकेको छ। जतिनै शहर सुन्दर भए पनि हाम्रो गाउँमा माटोले बनेको घर सेतो र रातो कमेरोले टालेको घरहरू टाढै बाट छुट्याउन सकिन्छन् । बार्दली मुनिको खरले छाएको पाखा र आगनहरु सधैं हरियाली देखिने वारी पारीको खोला र पखेराहरुको दृश्य स्वर्गको एउटा टुक्रा जस्तै देखिन्छ जतिनै विकट भएपनि गाउँ गाउनै हो। तर आजभोलि टालटुल गर्ने मान्छे छैन ।सफा सुन्दर बगैंचा हुँदा हुँदै कोहीले शहर रोज्ने भए त कोही गाउँमै हलो जोतेर खान्छन्। पहिले जस्तो दशैं तिहार आउँदा देउसी भैलोको रमझम गराउने ,दशैंको दिन देखि लामो समय सम्म गाउँमा पञ्चेबाजा बजाएर स्वागत गर्ने चलन अहिले विरलै देख्न पाइन्छ। छोरी चेलीले नाचेर छोरा मान्छे गाएर रमाइलो गर्ने चौतारी, पाटी ,पौवाहरु, पहाडको काखमा ,फेदीमा खरहरु काटेर बेरेर बनाएको बाबियोको पिङ खेल्ने चलन बिस्तारै लोप हुँदै गएको छ। हामी दुईमत भइसक्यौ संस्कार संस्कृति हामीले भुलेको छैनौं तर छोडेको छौं। पहिलेको समयमा , गाइने,कर्णाली,र पश्चिम क्षेत्रका देउडा,ठाडी भाका, गीतहरु,अहिले त्यति सम्म सुन्न सकिँदैन। नयाँ सिक्दै गर्दा पुरानो भुल्ने हाम्रो चलन बनिसकेको छ,।
“अहिले मेरो गाउँमा “
शहरबाट चुनाव आयो निर्वाचन आयोग आयो
उम्मेदवार आए मतदाता आए बिकास कम आयो भाषण धेरै आयो शहरबाट बाटो आयो गाडी आयो बत्ती आयो टेलिफोन आयो
छोराछोरी कहिले आउछन थाह हुँदैन।
अहिले हाम्रो गाँउमा शहरबाट नेता आए अभिनेता आए भाषण आयो , शाषण आयो रासन कहिले आउँछ थाह छैन।
अहिले हाम्रो गाँउमा शहरबाट
फेयर एन्ड लभ्ली आयो, लाली पालिस आयो
डिश होम आयो , 4G डाटा आयो
टिकटक फेसबुक यु ट्युव पनि आयो
नुन तेल र सिटामोल कहिले आउँछ थाह छैन।
(हिँजो र आज गाउँमा )
-डर थियो सबै थिए,सडक भयो,
गाउँ सुन्य भयो
पानस र टुकिले,गाउँ झलमल थियो,
बिजुलि आयो तर,
गाउँमा घर अंध्यारा छन,
मान्छे बिहिन भएर,
पर्देशीलाई पर्खिदैन गाउँले,
शहरमा छन प्यारीहरू ।
-सहरमा मान्छे अटाएका छैनन,
गाउँमा बांदर अटाएका छैनन,
घर वरिपरि जंगल बनेको छ,
चिल्लो बाटो छ तर सुन्य छ!
हामीले हाम्रो सिकाइ छोडेर देखा सिकी गर्ने बानीले पछाडि परेको छौं। हरेक क्षेत्रमा राजनीति जोडिएर हुने खानेले पाउने अवसर हुँदा खानेले कहिले पाउने छैनन्।

शिक्षामा राजनीति, व्यवसायमा राजनीति, सुदृढीकरण नुहँदा सम्म गरीब जनताको लागि दुःख कष्टको कथा नै हुनेछ।देशको धकेलिँदै गरेको अर्थतन्त्र सबल पक्ष नहुँदा पनि किसानहरु मारमा छन् गाउँमा अझै सिटामोल, नपाएर अकालमै ज्यान जानेको कमी छैन।वर्षौ प्रदेशमा रोजगारी गरेर आउने छोराको पर्खाइ खेपेका बुबाआमा कति बेला अस्ताउँछन अतो पत्तो छैन। आफ्नो खेतबारीको माया गर्ने हामी किसानको आम्दानी बिहान बेलुकाको छाक टार्न पुगे पनि खुसी हुने हजारौं जनताको यो मार्मिक यथावत कुरा हो।